विगतको तुलनामा बजेट खर्च धेरै हुन्छ : नेपाली | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

विगतको तुलनामा बजेट खर्च धेरै हुन्छ : नेपाली

तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई अल्पमतमा पार्दै २९ जेठ २०७८ मा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य कृष्णचन्द पोख्रेल नेपालीको नेतृत्वमा गण्डकी प्रदेश सरकारमा नयाँ नेतृत्व आयो ।

नेपाली प्रदेश सरकारको मुख्यमन्त्री बनेपछि गठबन्धन भित्र भागबन्डा मिलाउन १३ सदस्यीय जम्बो मन्त्रीमण्डल विस्तार गरे । जनताले अहिले प्रदेश सरकार भएको वा नभएको भन्ने बारेमा महसुस गर्न पाएका छैनन् । गुरुङको पालोमा थालिएको प्रदेशको विभिन्न योजनाहरुलाई अंकुश लगाउने बाहेक अन्य कुनै पनि उपलब्धी नेपालीको नेतृत्वमा बनेको गठबन्धन सरकारले गर्न नसकेको एमालेको आरोप छ । एमालेले लगाएको आरोप र प्रदेश सरकारका योजनाका बारेमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेल नेपाली संग सन्दिप शर्मा रिजालले गरेको कुराकानी

यहाँको कार्यकालमा गण्डकी प्रदेशका जनताले प्रत्यक्ष महसुस गर्ने खालका के–के काम भए ?

मेरो नेतृत्वको गण्डकी प्रदेशमा गठबन्धन सरकार बनिसकेपछि सकेपछि हामीले दुई तरिकाबाट कार्यक्र्रमहरु अगाडि बढायौं । एउटा अगाडिको सरकारले थालेका विकाश निर्माण, पुर्वाधार निर्माणका कार्यक्रमहरु हुन् , जस्तै सडक, खानेपानीका एक घर एक धारा अभियान, उज्यालो प्रदेश अभियानलाई निरन्तरता दियौं । अर्काे हामीले कोशिश के ग¥यौं भने, प्रदेश सरकार जनताको संवेदनशीलता संग जोडिएको छ । हामी संग क्षमता नभए पनि भावना छ । जनता संग प्रदेश सरकार छ भन्नका लागि हामीले शुरुवातमा नै एक निर्णय गरेका थियौं । जो अब कार्यान्वयन हुँदै छ । हाम्रो प्रदेश भित्रका क्यान्सर पीडित, खासगरी महिलामा देखिने स्तन क्यान्सर पीडित, पाठेघरको क्यान्सरका विरामीहरुको खर्च पुर्णरुपमा प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेका छौं । त्यसको लागि हामीले क्यान्सर अस्पताल भरतपुर संग संम्झौता गर्ने प्रक्रिया अगाडि बढाएका छौं ।

त्यसैगरी कोरोनाको कारण बाबुआमामध्य एक जना अभिभावक घुमाएका बालबालिकाहरुको लागि १८ बर्षसम्म अध्ययन खर्च भनेर महिनाको पाँच हजार रुपैयाँ उपलब्ध गराउन शुरुवात गरेका छौं । पीडित परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराएको छौं । त्यस्तै जेष्ठ नागरिक र द्वन्द्व पीडितहरुलाई सरकारकारी अस्पतालमा उपचार खर्च छुट गर्ने, साथै हाम्रो प्रदेशलाई हामीले सडक मानव मुक्त बनाउनको लागि मानव सेवा आश्रम संग सम्झौता गरि प्रति व्यक्ति तिन हजारकादरले प्रदेश सरकारबाट रकम उपलब्ध गराउनेगरी प्रक्रिया अगाडि बढाएका छौं । जनताको स्वाथ्य संग प्रत्यक्ष सम्पर्क राख्ने खालका कुराहरु प्रदेश सरकार मार्फत गरीएको छ ।

अहिले गण्डकी प्रदेशले बजेट खर्च गर्न सकेको छैन, खर्च भएको बजेट पनि न्युन छ । मुख्यमन्त्री र अर्थमन्त्री बिच आएको खटपटका कारण बजेट खर्च हुन नसकेको भन्ने सुचनाहरु बहिरी रहेका छन् । स्वाथ्यका क्षेत्रका बजेट समेत खर्च हुन सकिरहेको छैन, किन ?

त्यस्तो होइन .., अगाडिको चौमासिकमा हाम्रो खर्च थोरै नै छ । १२ प्रतिशत मात्रै हामीले खर्च गरेका छौं, तर कुरा के छ भने दोस्रो चौमासिक भनेको अब यो फागुनमा सकिन्छ । यो अघिल्लो तिन महिना कार्यविधि बनाउने लगाएतको प्रक्रियामा नै गयो र पनि विगतको तुलनामा खर्च धेरै नै छ । अब यो फागुन सम्ममा हामीले कति प्रतिशत खर्च गर्छौं, हेर्न बाँकी छ । हामी विगतको तुलनामा धेरै नै बजेट खर्च गर्छौं ।

अब मेरो र अर्थमन्त्री बीचको कुरा आयो उहाँ संग राम्रो नै छ । हामीसंग सिमित स्रोत र साधन छ । त्यो मलाई पनि थाहा छ । उहाँलाई पनि थाहै छ । सबै साथिहरुले भने जस्तो त भएको छैन । र पनि भएको पैसालाई छिटोभन्दा छिटो खर्च गर्नका लागि सबै मन्त्रालयलाई मैले निर्देशन गरेको छु । अहिले सम्म जे–जे भयो सकियो, चैत्र, बैशाख सम्ममा धेरै बजेट खर्च गर्न पर्छ भन्नेका छौं । गठबन्धनको सरकार भएकाले कहिले काँही कुरा नमिल्ने स्वाभाविक नै हो । भने जस्तो हुँदैन ।

अगाडिको प्रदेशको सरकारले ल्याएको दिर्घकालीन योजनाहरु केन्द्र सरकारसंगको समन्वयमा बजेट ल्याउने गरेर निमार्ण भएको थियो । तर अहिले सरकारले केन्द्रबाट उक्त योजनाका लागि आवश्यक बजेट ल्याउन पनि नसक्ने र अगाडिको सरकारले हचुवाको भरमा योजना ल्यायो भन्दै आरोप लगाउँदै हिड्ने काम मात्रै गरेको भन्ने अरोप छ नि ! तपाईं माथि ?

साँचो के हो भने अगाडिको सरकारले योजना अगाडि बढाँउदा स्रोतको सुनिश्चितता नगरी ठेक्का प्रक्रिया अगाडि बढाँउदाको परिणाम अगाडि सरकारको दायित्वमा रहेको करिव १६ अर्ब हामी माथि आएको छ । अहिले चालु आर्थिक बर्षमा, हामीले ल्याएको योजनामा करीब सात अर्ब बजेट हामीलाई चाहिन्छ । यो भएको हुनाले हामीले केन्द्रसंग यो परिस्थिती छ । हामीलाई सहयोग गर्न प¥र्याे भनेको मात्रै हो ।

समस्या कहाँ नेर छ भने “ठेकेदारले काम सम्पन्न गरेको छ, हामीले रकम विनियोजन गर्न सकेका छैनौं” । यद्यपी दोस्रो चौमासिक पछि हामीलाई के थाहा हुन्छ भने विनियोजित शिर्षकका बजेटहरु कुन खर्च हुन सक्छ, कुन सक्दैन भन्ने अर्थ विद् र हामीलाई थाहा हुन सक्छ । त्यहाँबाट पनि पैसा हुन्छ । केन्द्रबाट प्रदेशका लागि बजेट जान्छ । त्यसपछि मात्रै सबै मिलाएर अगाडि बढ्ने कुरा हो ।

हामीले एक चाही के गरेको हो भने अगाडिको सरकारले ल्याएको योजनामध्य ठेक्का नलागेको र पैसा चाहि प्रदेश सरकारलाई नै आउने योजना भने हामीले कटौती गरेको हो । त्यो कुनै व्यक्ती हेरेर कटौती गरेको होइन । त्यो कटौती गरेको रकमले नै हामीले बजेट निमार्ण गरेका हौं । त्यसैले असर गरेको छ । त्यो पनि हामीले के गरेका छौं भने अनुसूचीमा त्यसलाई राखेका छैनौं । अब केन्द्रबाट पैसा गयो भने उक्त योजनालाई अगाडि बढाउने छौं ।

कांग्रेस भित्र पनि तपाईं कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षको नहुनाले प्रदेशमा केन्द्रबाट बजेट लैजान गाह्रो भएको पो हो कि ?

पार्टी भित्रको आन्तरिक गुटबन्दी एक पाटो हो । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री म हो, देउवा जी यो देशको प्रधामन्त्री हो । पार्टी भित्रको कुरा यहाँ लागु भएको छैन । उहाँलाई हामीले भनी नै राखेका छांै । उहाँले हामीलाई सकरात्मक रुपमा जवाफ दिनुभएको छ । अर्थमन्त्री संग पनि हाम्रो कुरा भएको छ । प्रचण्ड जि लाई पनि अर्थमन्त्रीलाई बजेट विनियोजनको विषयमा भन्दिन प¥र्याे भनेको नै छु । उहाँले पनि हुन्छ भन्नुभएको छ । त्यस्तो केही समस्या छैन ।

अन्त्यमा केही भन्नु छ कि ?

प्रदेश सरकारले आफ्नो क्षमताले भ्याए सम्म प्रदेशको समृद्घिको लागि पुराना जुन हाम्रो गौरवको योजनाहरु छन्, तिनलाई अगाडि बढाउनको लागि प्रयत्नरत छौं । अहिले सम्म हुन नसकेको त्रिवेणी कोरला सडकको त्रिवेणी नाका भित्रको सडकको फाइल त्यसै बसेको छ । मेरै उपस्थितीमा बन मन्त्रालयको सचिव ज्यू ले निर्णय गर्नु भएको छ । र अब त्यो बाटो खन्न शुरु हुन्छ । भन्न खोजेको के हो भने हाम्रो सरकार इमान्नदारीताका साथ कसरी हाम्रो प्रदेशलाई विकाश गर्न सकिन्छ भन्ने कुरामा लागि परि रहेर नै काम गरीरहेका छौं भन्न चाहान्छु ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);