पर्यटन विकासमा मधेस प्रदेशसँग साझेदारी हुन्छ : मुख्यमन्त्री पाेखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पर्यटन विकासमा मधेस प्रदेशसँग साझेदारी हुन्छ : मुख्यमन्त्री पाेखरेल

महोत्तरी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेशकाे भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको बताएका छन् । जनकपुर-पोखराको सिधा हवाइ यातायातले विकासमा नयाँ सम्पर्क स्थापित भएको उल्लेख गर्दै उनले आगामी दिनमा पर्यटन विकासमा दुवै सरकारले साझेदारी गर्ने बताए । 

मधेस प्रदेशका बैभवलाई गण्डकीसँग जोडेर आदानप्रदान गर्न सकिने बताउँदै पोखरेलले मधेस भ्रमणबाट नयाँ पाठ सिकेको पनि बताए । मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १८ सदस्यीय प्रतिनिधिसहित गत शनिबार जनकपुर पुगेका थिए । उनी आज साेमबार पोखरा फर्कँदैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);