स्थानीय तहकाे निर्वाचनकाे तयारीमा जनमत पार्टी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

स्थानीय तहकाे निर्वाचनकाे तयारीमा जनमत पार्टी

काठमाडाैं । जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहकाे निर्वाचनमा पनि हाेमिएकाे छ । त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएकाे छ । यसकाे जिम्मेवारी जिल्ला कार्यकारिणी समितिलाई दिइएकाे छ । 

केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले यस्ताे निर्णय गरेकाे हाे । जिल्ला कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यले जिम्मेवारी बाँडफाँट गरेर काम गर्ने पार्टीले जनाएकाे छ ।

त्यस्तै, किसान आन्दोलनका थप  कार्यक्रम होली पर्व अर्थात ५ चैतपछि घोषणा गर्ने निर्णय पनि बैठकले गरेकाे छ । यसअघि २० फागुनसम्म  आन्दाेलन भएकाे थियाे । २० जिल्लामा भइसकेकाे माटाे यात्रालाई बाँकी जिल्लामा पनि निरन्तरता दिइने भएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);