स्थानीय तहको निर्वाचन कहिले ? सत्तागठबन्धनकाे बैठक आज पनि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्थानीय तहको निर्वाचन कहिले ? सत्तागठबन्धनकाे बैठक आज पनि

काठमाडाैं । पाँच दलीय सत्ता गठबन्धन स्थानीय तहकाे निर्वाचनका विषयमा केन्द्रित भएकाे छ । निर्वाचन आयाेगले वैशाखमै निर्वाचन गर्नेगरी मिति ताेक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमान सहमति नजुट्दा घाेषणा हुन सकेकाे छैन ।

पछिल्लाे पटक संविधानसँग बाझिएका कानुन संशाेधनकाे दाबी गरेकाे गठबन्धनकाे बैठक आज शनिबार बस्दैछ । शनिबार बिहान ९ बजे गठबन्धनको बैठक बोलाइएको हाे । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो । 

कांग्रेस केन्द्रीय कार्यसमितिकाे शुक्रबारकाे बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहकाे चुनावलाई लिएर गठबन्धनले अघि सारेकाे विकल्प संविधानसम्मत नभएकाे बताक्षसकेका छन् ।

तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिले संघकाे निर्वाचन र त्यसपछि स्थानीय तहकाे निर्वाचन चाहन्छन् । त्यसैले संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्यमा गठबन्धन छ । याे विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासाे दिएकी छन् । उनले प्रधानमन्त्री देउवासँग छलफल पनि गरेकी छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);