सिमरा पोखरा हवाई भाडा व्यवस्थापन गरिने : मन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सिमरा पोखरा हवाई भाडा व्यवस्थापन गरिने : मन्त्री शर्मा

श्याम गुप्ता,
बारा । बाराकाे सिमरादेखि पोखरासम्मको हवाई भाडा व्यवस्थापन गर्न एयरलाइन्ससँग छलफल भएको गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बताएका छन् ।

जिल्लाकाे सिमरामा आयाेजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै मन्त्री शर्माले पर्यटकको आकर्षण बढाउँन सिमरा पाेखरा हवाई उडानबारे भाडाका सम्बन्धमा पूर्ण बिचार गर्ने कुरा भएको बताएका हुन् ।

पर्यटन प्रवर्द्धन गर्न जागरण प्रशिक्षणको आवश्यक्ता रहेको औँल्याउँदै यस जिल्लाको ऐतिहासिक महत्वको क्षेत्र सिम्रौनगढलाई युनेस्कोको पुरातात्विक महत्वसँग जोड्नु पर्ने कुरामा मन्त्री शर्माले जोड दिए । उनले साहित्य र गीतका माध्यमबाट संस्कृति, प्रकृति, कृषि र व्यवसायिक र मानव निर्मित चिजहरूलाई जोड्न सकिने बताए ।

त्यस्तै वरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले अबको ५ वर्षमा प्रदेश नम्बर २ ले विकासमा फड्को मार्ने बताए । उनले प्रदेश नम्बर २ पर्यटनको निकै सम्भावना बोकेको क्षेत्र भए पनि प्रचार प्रसार नभएकाले पछि परेको बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई पोखरा भ्रमणको लागि विशेष निमन्त्रणा पत्र पठाएका छन् ।

आयोजित पत्रकार सम्मेलन कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आँफू जनकपुर जान नभ्याएकाले नाटा प्रदेश २ का अध्यक्ष मोहन शर्मा लामिछानेमार्फत मुख्यमन्त्री समक्ष निम्तो पत्र पुर्याउन आग्रह गर्दे पत्र हस्तान्तरण गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);