सेजनको अध्यक्षमा जनार्दन, महासचिव भागवत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सेजनको अध्यक्षमा जनार्दन, महासचिव भागवत

काठमाडौं । आर्थिक पत्रकारहरूको साझा छाता संगठन आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा जर्नादन बराल निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा बराल निर्वाचित भएका हुन् । अध्यक्षमा आशिष ज्ञवाली र शिरोमणि ढुंगाना पनि प्रतिस्पर्धी रहेका थिए ।

यस्तै, उपाध्यक्षमा सुजन वली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन् ।

सदस्यमा सीबी अधिकारी, अच्युत पुरी, अमर बडुवाल, सोभित थपलिया र इशारा कोइराला निर्वाचित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);