सिमरा पोखरा हवाइ भाडा व्यवस्थापन गरिने : मन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सिमरा पोखरा हवाइ भाडा व्यवस्थापन गरिने : मन्त्री शर्मा

श्याम गुप्ता,
बारा ।
बाराको सिमरा देखि पोखरा सम्मको हवाइ भाडा व्यवस्थापन गर्न एयरलाइन्ससँग छलफल भएको गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बताएका छन् ।

मन्त्री शर्माले पर्यटकको आकर्षण बढाउँन सिमरा पोखरा हवाइ उडान बारे भाडाका सम्बन्धमा पुर्ण बिचार गर्ने कुरा भएको बताएका हुँन् । ‘पर्यटन प्रवर्द्धन गर्न जागरण प्रशिक्षणको आवश्यक्ता रहेको छ ।

यस जिल्लाको ऐतिहासिक महत्वको क्षेत्र सिम्रौनगढलाई युनेस्कोको पुरातात्विक महत्वसँग जोड्नु आवश्यक पहल गरिरहेका छौं । साहित्य र गीतका माध्यमबाट संस्कृति, प्रकृति, कृषि र व्यवसायिक र मानव निर्मित चिजहरूलाई जोड्न सकिने तर्फ हाम्रो ध्यान तानिएको छ ।,’ उनले भने ।

बरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले अबको ५ वर्षमा प्रदेश नम्बर २ ले विकासमा फड्को मार्ने बताए । ‘प्रदेश नम्बर २ पर्यटनको निकै सम्भावना बोकेको क्षेत्र भए पनि प्रचार प्रसार नभएकाले पछि परेको छ । यस तर्फ सबैको ध्यान जानु आवश्यक छ ।’, उनले भने ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई पोखरा भ्रमणको लागि विशेष निमन्त्रणा पत्र पठाएका छन् ।

गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले नाटा प्रदेश २ का अध्यक्ष मोहन शर्मा लामिछाने मार्फत मुख्य मन्त्री समक्ष निम्तो पत्र पठाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);