औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड विनियोजन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा औद्योगिक पूर्वाधारको लागि ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘आगामी आर्थिक वर्षमा औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड रुपैयाँ रकम विनियोजन गरेका छौं,’ मन्त्री शर्माले भने । उनले वाइन उद्योग खोल्न प्रोत्साहीत गरिने जनाए । मसलाजन्य वस्तुको उत्पादन वृद्धि गरिने  र कपास खेतीलाई प्रोत्साहीत गरिने समेत उनले बताए । कर्णालीका मार्सी चामल लगायतका उत्पादनको बजारीकरण गरिने गरिने उनले जनाए । चितवनको शक्तिखोर लगायतका क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गरिने र भैरहवा, सिमरा विशेष आर्थिक क्षेत्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याइने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);