भरतपुर महानगरले ४ अर्ब ८१ करोड १२ लाखको बजेट सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भरतपुर महानगरले ४ अर्ब ८१ करोड १२ लाखको बजेट सार्वजनिक

budget rakam

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । बिहीबार महानगरपालिकाको नवौं नगर सभामा उपप्रमुख पार्वती शाह ठकुरीले आगामी आर्थिक वर्षको लागि सो आकारको बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले सहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन पूर्वाधार, उद्योग तथा वाणिज्य, सूचना तथा प्रविधिसँगै युवा तथा खेलकुद क्षेत्रको विकास र निजी क्षेत्रको विकासलाई बजेटको प्राथमिकतामा राखेको छ ।

यस्तो बजेट व्यवस्थापनका लागि महानगरले आन्तरिक आयबाट एक अर्ब २० करोड (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत),अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्व ७७ करोड २९ लाख ८३ हजार,केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त रु ४४ करोड ८२ लाख ८२ हजार प्राप्त हुने महानगरको प्रक्षेपण छ ।

त्यसतै जनसहभागिताबाट रु ३० करोड, बैंक मौज्दातबाट एक अर्ब, मर्मत सम्भार कोषबाट तीन करोड रुपैँया, सडक बोर्डबाट तीन रुपैँया करोड र जिल्ला समन्वय समिति चितवनबाट रु तीन करोड रुपैँया रहने महानगरपालिकाले अनुमान गरेको छ । अन्तर सरकारी अख्तियारीबाट अनुमानित रु १ अर्ब २० करोड मूल सञ्चितकोषमा प्राप्त नहुने भएकोले अन्तर सरकारी अख्तियारी शीर्षकबाटै खर्च तथा लेखांकनको व्यवस्था गरिने समेत महानगरले जनाएको छ ।

महानगरले आगामी आर्थिक वर्षका बजेटमा पुराणा अधुरा आयोजना तथा परियोजनालाई समेत निरन्तरता दिनका लागि बजेट विनियोजन गरेको छ । जसमध्ये निर्माणधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि दुई करोड रुपैँया विनियोजन गरेको छ । त्यसतै अन्य अधुरो योजनाहरु सम्पन्न गर्नका लागि पनि महानगरले ९८ करोड रुपैँया बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा चार अर्ब १५ करोड ६४ लाखको बजेट ल्याएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);