रामग्राम नगरपालिकाद्वारा आ. व. २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

रामग्राम नगरपालिकाद्वारा आ. व. २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिंदै आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रममा कोरोना रोकथाम तथा नियन्त्रण तथा उपचार कोष, स्वास्थ्य तथा शिक्षा, कृषि, पर्यटन र श्रम रोजगारलाई समेत प्राथमिकतामा राखिएको छ ।

नगरपालिकाले प्रस्तुत गरेको नयाँ आर्थिक वर्षको कुल बजेट ७३ करोड ५२ लाख ६ हजार मध्ये प्रशासनिक खर्च तर्फ मात्रै सबैभन्दा बढी १६ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ भने पूर्वाधार निर्माण तर्फ १८ करोड २८ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ

त्यस्तै नगरपालिकाले कोरोनाबाट अभिभावक गुमाएका परिवारका लागि राहत कार्यक्रम ल्याएको छ । त्यसैगरि नगरको नीति तथा कार्यक्रममा रामग्राम स्तुप र पण्डितपुरको विकासका लागि समेत प्राथमिकता दिइएको छ ।

त्यस्तै एक वडा एक उत्पादन कार्यक्रम, मेयर युवा इलम कार्यक्रम, १ वडा १ नमुना पार्क निर्माण कार्यलाई समेत नगरपालिकाले प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);