बेसीशहरको बजेट ७७ करोड ५३ लाख : शिक्षा, स्वास्थ्य र सडक प्राथमिकता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बेसीशहरको बजेट ७७ करोड ५३ लाख : शिक्षा, स्वास्थ्य र सडक प्राथमिकता

लमजुङ। बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को लागि ७७ करोड ५३ लाख ३ हजार बराबरको बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि पारित भएको बजेटमा चालु तर्फ ४१ करोड ९३ लाख र पुँजीगत तर्फ ३५ करोड ६ लाख ३ हजार रहेको छ । नगर उपप्रमुख पद्मा गुरुङले प्रस्तुत गरेको बजेटमा  आर्थिक विकास तर्फ ६ करोड ९६ लाख ५० हजार, सामाजिक विकास तर्फ ३३ करोड ९३ लाख ८७ हजार, भौतिक पूर्वाधार तर्फ २० करोड १० लाख ८२ हजार, वनवातावरण तथा विपद् व्यवस्थापन तर्फ २ करोड ४६ लाख ५० हजार र संस्थागत विकास तथा सुशानतर्फ १४ करोड ५ लाख ३४ हजार बजेट विनियोजित गरेको छ ।नगरसभाले सामाजिक विकास तर्फ सबैभन्दाबढी बजेट शिक्षा क्षेत्रमा छुट्टाएको छ । नगरपालिकाले शिक्षा तर्फ कूल ३०.३० अर्थात् २३ करोड ४९ लाख बजेट विनियोजित गरेको छ भने दोस्रो प्राथमिकतामा सडक  र तेस्रो प्रथामिकतामा स्वास्थ्य रहेको छ । सडक तर्फ १५ करोड ८६ लाख ७१ हजार अर्थात् २०.४७ प्रतिशत र स्वास्थ्य तर्फ ६ करोड ८ लाख ४५ हजार अर्थात् ७.८५ प्रतिशत बजेट विनियोजित गरेको हो । नगरसभाबाट कृषि, पशुपालन, उत्पादन र स्वरोजगार क्षेत्रलाई समेत जोड दिइएको छ । सिँचाइ, विद्युत् र ऊर्जा, सूचना प्रविधि तथा सञ्चार, खानेपानी तथा सरफाई, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, न्याय र सामाजिक समावेशीकरण, संस्कृति, कला साहित्य,  पर्यटन, उद्योग वाणिज्य, सहकारी ,श्रम तथा रोजगारी, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा र सुशासनका क्षेत्रलाई समेत बजेटको व्यवस्था गरिएको छ ।

नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख गुमानसिंह अर्यालले स्थानीयको आवश्यकतालाई प्रथामिकिरणगरी बजेट निर्माण गरिएको बताए । नीति, कार्यक्रम तथा बजेटमाथि नगरसभाका सभासद्हरूको राय, सुझाव र परामर्शलाई मध्यनजर गर्दै बजेट निर्माण गरिएको नगर प्रमुख अर्यालले बताए । नगरसभाबाट विभिन्न ऐन/नियम, लेखा परीक्षण प्रतिवेदन, वडागत, नगरस्तरीय योजना र सशर्त अनुदान तर्फका योजना समेत पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत इमानाथ कँडेलले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);