हेटौंडा उपमहानगरमा ६० करोड १५ लाखको बजेट सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हेटौंडा उपमहानगरमा ६० करोड १५ लाखको बजेट सार्वजनिक

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि दुई अर्ब ६० करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ । उपमहानगरको बिहीबार बसेको नगरसभाको नवौं बैठकमा उपप्रमुख मीनाकुमारी लामाले नीति तथा कार्यक्रमसहित आगामी आवका लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

हेटौँडा उपमहानगरले आगामी आर्थिक वर्षका लागिे चालू आर्थिक वर्षको भन्दा छ करोड ७६ लाख १८ हजार रुपैयाँले बढी बजेट ल्याएको हो । उपमहानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ २५ करोड ८७ लाख, आर्थिक विकासतर्फ १२ करोड ९८ लाख, सामाजिक विकासतर्फ ८१ करोड ९५ लाख, पूर्वाधार विकासतर्फ १ अर्ब ३० करोड ४५ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ करोड ४४ लाख रुपैयाँ र संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ३ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाले भने कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि बजेट मा पर्याप्त सामेल गरिएको छैन । बजेट व्यवस्थापनको लागि उपमहानगरले आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख, राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख, प्रदेश सरकारका विभिन्न अनुदानबाट प्राप्त १२ करोड ६६ लाख, संघीय सरकारको अनुदानबाट १ अर्ब २ करोड, नगर विकास कोषको अनुदान ९ करोड र चालू वर्षको मौज्दातबाट ५६ करोड प्राप्त गर्ने प्रक्षेपण गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);