तीन स्थानीय तहको बजेट डेढ अर्ब | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

तीन स्थानीय तहको बजेट डेढ अर्ब

khotang

खोटाङ, ३२ असार । खोटाङका तीनवटा स्थानीय तहको बजेट करिब डेढ अर्ब रुपैयाँ रहेको छ । जनप्रतिनिधिले तयार गरेको आर्थिक वर्ष ०७५-७६ को बजेटमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६८ करोड ६० लाख ९६ हजार बजेट विनियोजन गरेको छ ।

सदरमुकाम दिक्तेलमा सम्पन्न तेस्रो नगर सभामा नगरपालिकाकी उपप्रमुख बिनादेवी राईले आगामी आवका लागि संघीय सशर्ततर्फ ३२ करोड नौ लाख, प्रादेशिक सशर्ततर्फ दुई करोड, चालु खर्चतर्फ आठ करोड ४९ हजार, विशेष कोषतर्फ एक करोड ७४ लाख ७४ हजार र समपुरक कोषतर्फ दुई करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी छन्।

हलेसी तुवाचुङको साढे ४४ करोड
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले साढे ४४ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आव ०७५-७६ का लागि नगरपालिकाले ४४ करोड ५४ लाख ४३ हजार बराबरको बजेट ल्याएको हो ।

खोटेहाङको बजेट ३० करोड
सडकलाई प्राथमिकतामा राखेर खोटाङको खोटेहाङ गाउँपालिकाले झन्डै ३० करोडको बजेट ल्याएको छ । आव ०७५÷७६ का लागि २९ करोड ९३ लाख ६३ हजार बराबरको नीति तथा कार्यक्रम ल्याएको हो ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);