अब बेलायती सेनामा नेपाली युवती ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

अब बेलायती सेनामा नेपाली युवती !

female gurkhas

काठमाडौं, ३२ असार । ब्रिटिश गोर्खा सैनिकमा नेपाली युवतीका लागि पनि बाटो खुला गर्ने गरी वेलायत सरकारले तयारी थालेको छ । यसअघि ब्रिटिस सेनामा नेपालबाट पुरुषहरूले मात्र अवसर पाउँदै आएका थिए ।

वेलायतको चर्चित मिडियाहरू सण्डेटाइम्स, टेलिग्राफ र दि गार्डियन लगायतका समाचार संस्थाले बेलायती सेनामा नेपाली युवतीलाई भर्ना गर्ने विषयमा समाचार प्रकाशित गरेका छन् । समाचार अनुसार, सन् २०१९ बाट ब्रिटिश गोर्खामा महिला सैनिक भर्ना सुुरु हुने छ । सेनामा करीव तीन हजार महिला भर्ना गर्ने तयारी भइरहेको समाचारमा जनाइएको छ ।

गोर्खा सैनिकमा महिलाका लागि पहिलो पटक भर्ती खुल्न लागेको बेलायती सैनिक अधिकारीलाई उद्धृत गर्दै सण्डेटाइम्समा समाचार प्रकासित छ । तालिम प्रक्रिया भने सन् २०२० को वसन्त ऋतुबाट सुरु हुनेछ ।

पुरुष र महिलाबीचको भर्ना छनोट प्रक्रिया र तालिममा भने कुनै फरक नहुने जनाइएको छ । निकै कठिन र चुनौतीपूर्ण मानिएको ब्रिटिश गोर्खा सैनिकमा भर्ना तथा तालिम प्रक्रिया महिलाले पनि अनिवार्य रुपमा पूरा गर्नु पर्ने छ ।

ब्रिटिस गोर्खा सैनिक सेवा चुनातीपूर्ण भए पनि तलव र भत्ता निकै आकर्षक भएकाले नेपाली युवाको आकर्षण बढी छ । ब्रिटिश गोर्खा सेनामा प्रत्येक वर्ष दुई सय ८० जना युवा भर्ना हुने गरेका छन् । त्यसमध्ये ८० जना सिंगापुरको लागि छुट्याइन्छ ।

यो खबर आजको गोरखापत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);