गोर्खा सैनिकमाथिको विभेद अन्त्यका लागि पहल गर्न योगेश भट्टराईको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गोर्खा सैनिकमाथिको विभेद अन्त्यका लागि पहल गर्न योगेश भट्टराईको माग

Yogesh-Bhattarai

काठमाडौं, २५ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले बेलायत सरकारले गोर्खा सैनिकमाथि गरेको विभेद अन्त्य गर्न तत्काल पहल गर्न सरकारसँग माग गरेका छन् । सांसद भट्टराईले गोर्खा सैनिकलाई दिने तलव, भत्तालगायतको सुविधामा समेत बेलायत सरकारले विभेद गरिरहेको उल्लेख गर्दै तत्काल सो समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले बेलायती सेनामा भर्ना भएका गोर्खा सैनिकहरुमाथि भएको विभेद अन्त्यका लागि तत्काल उच्चस्तरीय वार्ता समिति गठन गरी द्धिपक्षीय वार्ता गरेर सो समस्या समाधान गर्न पनि सरकारलाई सचेत गराए ।

सन् १९९३ अघि गोर्खा सैनिकमा भर्ना भएका र सन् १९९७ अघि ब्रिटिस सेनाबाट सेवा निवृत्त भएकाहरुलाई बेलायत सरकारले पेन्सन लगायतका सुविधामा पनि विभेद गरेकाले त्यसको अन्त्यका लागि सरकारले उच्चस्तरीय वार्ता समिति गठन गरी समस्या समाधानका लागि पहल गर्नुपर्ने सांसद भट्टराईको भनाई छ ।

सांसद भट्टराईले ब्रिटिस सेनामा रहेका गोर्खा सैनिकहरुको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पहल गर्दै आएपनि त्यो पर्याप्त नभएको बताए । उनले बेलायती सेनामा नेपाली महिलालाई पनि भर्ना गर्ने लगायतका विषयमा आवश्यक छलफल गरी बेलायत सरकारसँग समझदारी गर्न सरकारलाई सुझाव दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);