माइतीघर मण्डलामा भूतपूर्व ब्रिटिश गार्खाको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

माइतीघर मण्डलामा भूतपूर्व ब्रिटिश गार्खाको प्रदर्शन

काठमाडौं । भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाकोलागि प्रदर्शन गरेको छ ।

बेलायतमा रहेका भूतपूर्व ब्रिटिश गोर्खाले आफुहरुलाई समान काममा तलव, भत्ता तथा सेवा सुविधमा बेलायत सरकारले विभेद गरेको भन्दै समानताको माग राखि आन्दोलन गरिरहेको छ ।

१४ दिनदेखि ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसेको भएपनि बेलायत सरकार र नेपाल सरकारले माग पुरा गर्न र जीवन बचाउन चासो नराखेको भन्दै संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

भूतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एस.बि. घिसिङले नेपाली गोर्खालाई बेलायत सरकारले शोषण गरिरहेको बताए । आफुहरु समान तलव, भत्ताको लागि विगत ३२ वर्षदेखि आन्दोलनरत भएपनि नेपाल सरकार यस विषयमा नबोलेको उनले बताए । आमरण अनशनरत व्यक्तिहरुको जीवन खतरामा रहेकोले उनले जीवन रक्षाको माग पनि गरे ।

मानव अधिकारको विपरित गोर्खा ब्रिटिश आर्मीहरुलाई विभेद हुनु अन्यायपूर्ण भएकाले यो असमानतालाई सदाको लागि समाप्त गर्नुपर्ने आफुहरुको माग गरेको विमला तिम्खेवाले बताईन् । उनले नेपाल सरकार र बेलायत सरकारले माग सम्बोधन गर्न तत्परता नदेखाएसम्म आन्दोलन नरोकिनेपनि स्पष्ट परिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);