समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका भूतपूर्व गोर्खा सैनिकले अनशन तोडे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका भूतपूर्व गोर्खा सैनिकले अनशन तोडे

काठमाडाैं । समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका भूतपूर्व गोर्खा सैनिकले अनशन तोडेका छन् ।

जुलाई २१ देखि १७ दिने रिले अनशनपछि पछिल्लोपटक १३ दिनदेखि आमरण अनशन बस्दै आएका ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियानकर्मी पुष्प राना घलेले बेलायती रक्षा मन्त्रालयको आधिकारिक धारणा आएपछि अनशन तोडेका हुन् ।

आफ्नो मागमा दुवै देशका सरकारबीच सहमति भएकाले अनशन तोडिएको गोर्खा सत्याग्रह संयुक्त संघर्र्ष समितिले जनाएको छ । माग सम्बोधन गर्ने अनशनस्थलमा बेलायत सरकारका रक्षा राज्यमन्त्री लियो डोचेर्टीका साथमा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी पुगेका थिए ।

उनीहरु दुबै जनाले अनशनरत अभियानकर्मीलाई जुस खुवाएर अनशन तोडाउनु भएको थियो । अनशन तोडेपछि राजदूत रेग्मीले गोर्खा सैनिकका मुद्दामा बेलायत सरकार वार्ताको टेबलमा बस्न तयार भएको बताएका छन् ।

प्राविधिक संयन्त्रको सिफारिसकै आधारमा बेलायत, नेपाल र गोर्खासहितको वार्ताको सहमति बनेको उनको भनाई थियो । उक्त सहमतिअनुसार आगामी सेप्टेम्बर ८ मा बेलायत सरकारका अधिकारी र नेपाली अधिकारी तथा गोर्खाबीच प्रारम्भिक छलफल हुने र डिसेम्बरबाट वार्ता सुरु हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);