पूर्व गोर्खा सैनिकद्धारा सरकारको आलोचना | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

पूर्व गोर्खा सैनिकद्धारा सरकारको आलोचना

gorkha sainik

काठमाडौं, ५ चैत । भूत पूर्व गोर्खा सैनिकहरुले बेलायत सरकारसँग आफूहरुले राख्दै आएको माग सम्बोधन गराउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

बेलायती सेना सरह पेन्सन लगायतका सुविधा उपलब्ध गराउन माग गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरुले आफूहरुको माग सम्बोधन गराउन पहल नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलन भूतपूर्व बृटिस गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले बेलायत सरकारले आफूहरु माथि गर्दै आएको विभेद अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पहल नगरेको भन्दै गुनासो ब्यक्त गरेका हुन् । उनले सो समस्या समाधानका लागि उच्च स्तरीय वार्ता समिति गठन गर्न पनि सरकारसँग माग गरे ।

भूत पूर्व गोर्खा सैनिकहरुले बेलायत सरकारले पेन्सन लगायतका सेवा, सुविधामा आफूहरुलाई विभेद गरेको विरोधमा करिव ३ दशक यता आन्दोलन गर्दै आएका छन् ।