माग पूरा नभए आमरण अनसन सुरु गर्ने भूपू गोर्खा सैनीकको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

माग पूरा नभए आमरण अनसन सुरु गर्ने भूपू गोर्खा सैनीकको चेतावनी

gorkha sainik chetawani

काठमाडौं, ४ फागुन । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पुरा नभए आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन् । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बेलायत सरकारले समान व्यवहार नगरेको, सेवाको स्वच्छ मुल्यांकन नभएको र मानवीय व्यवहार समेत नगरेको भन्दै एक महिनाभित्र आफ्ना मागहरु पुरा गर्न चेतावनी दिएका हुन् ।

समान पेन्सन, निःशुल्क स्वास्थ्य सुविधा, बयस्क छोरा—छोरीहरुलाई बेलायतमा निशर्त आवासिय भिसा दिनुपर्ने माग गर्दै भूपू गोर्खा सैनिकहरुले आमरण अनसनको चेतावनी दिएका हुन् ।

भूपू गोर्खाहरुले मार्च १५, २०२० सम्मको समयसीमाभित्र दुबै देशले वार्ता समिति गठन गरी वार्ताको सुरुवात गर्ने विश्वास लिएको बताएका छन् ।