चोरी भएका मोटरसाइकल बरामद गरी सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चोरी भएका मोटरसाइकल बरामद गरी सार्वजनिक

motorcycle baramad

काठमाडौं, ४ फागुन । ट्राफिक प्रहरीले काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु बिभिन्न स्थानबाट बरामद गरी सार्वजनिक गरेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी चोरी भएका मोटरसाइकल र चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको हो ।

प्रहरी उपरिक्षक तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले मोटरसाइकल हराएको उजुरी परेपछि अनुसन्धानका क्रममा काठमाडौं र धादिङ्का विभिन्न स्थानबाट चारवटा मोटरसाइकल फेला पारेको जानकारी दिनुभयो । उहाँले मोटरसाइकल चोरी गरी कारोबारमा संलग्न तथा प्रयोग गर्नेलाई समेत पक्राउ गर्न सफल भएको बताउनुभयो ।

प्रहरी उपरिक्षक श्रेष्ठले फेला पारेका मोटरसाइकलहरु थानकोट तथा बालाजु क्षेत्रबाट हराएको बताउनुभयो । मोटरसाइकल चोरी गरी फरक नम्बर प्लेट राखेर प्रयोग गरिरहेको अवस्थामा बरामद भएको उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);