काठमाडौं, ११ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट बरामद गरिएका २० वटा मोटरसाइकल सम्बन्धित सवारीधनीलाई फिर्ता गरेको छ ।
ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज एक कार्यक्रमकाबीच चोरी भई विभिन्न स्थानबाट वरामद गरिएको २० वटा मोटरसाइकल सम्बन्धित सवारीधनीलाई फिर्ता गरेको हो ।
सात सय वटा मोटरसाइकल हराएको उजुरी परेकोमा हालसम्म दुईसय वटा मोटरसाईकल बरामद गरी सम्बन्धित सवारीधनीलाई फिर्ता गरिसकेको महाशाखाले जनाएको छ ।




