दार्चुलामा औषधि र उपकरण नहुँदा विरामी मारमा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

दार्चुलामा औषधि र उपकरण नहुँदा विरामी मारमा

बाशुदेब बडू
दार्चुला, ११ माघ । जिल्ला अस्पताल दार्चुलामा बजेट अभावका कारण औषधि र उपकरण नहुँदा विरामी मारमा परेका छन् । जिल्ला असपतालमा औषधि र उपकरण नहुँदा स्थानीय उपचारको लागि बाँके र भारततको पिथौरागढमा जान बाध्य छन् ।

जिल्ला अस्पताल दार्चुलाले बजेट नपाउँदा औषधि र उपकरणको अभाव भएको हो । जिल्ला अस्पतालका लागि वार्षिक बजेट केन्द्रबाटै वितरण हुने गरेकाले समस्या भएको हो । ९ वटा स्थानीय तहका नागरिक उपचारका लागि जिल्ला अस्पताल पुग्ने गरेका छन् । तर अस्पतालमा औषधि र उपकरण नहुँदा महंगो खर्च गरेर अन्यत्र जान बाध्य छन् ।

स्थानीय निकायले धेरै बजेट पाएपनि अस्पतालले कम बजेट पाएको जिल्ला अस्पतालको भनाई छ । महाकाली नगरपालिका मार्फत जिल्ला अस्पताल दार्चुलाले प्राप्त गरेको बजेट कम भएको हो । अस्पतालले औसधि र उपकरणका लागि स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयलाई पत्राचार गरेपनि सुनुवाई भएको छैन ।

समस्या समाधानको लागि महाकाली नगरपालिकालाई आग्रह गरेपनि नगर प्रमु्ख हँशराज भट्ट आफ्नो मात्र समस्या नभएको भन्दै पन्छिने गरेको अस्पतालको भनाई छ । अस्पतालले आन्तरिक श्रोतबाट औसधि खरिद गर्ने गरेको थियो । अहिले औषधि खदि गर्न नसक्ने अबस्थामा अस्पताल पुगेको छ । अस्पतालमा स्लाईन बाहेक अन्य औषधि बाहिरबाट खरिद गर्नुपर्ने बाध्यता छ । त्यसैले जिल्ला अस्पतालको समस्या समाधान गर्न सबै पक्ष लाग्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);