रौतहट जिल्ला अस्पतालको सेवा प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रौतहट जिल्ला अस्पतालको सेवा प्रभावित

राकेश यादव
रौतहट, ३ चैत । आवश्यक औषधि, उपकरण, कर्मचारी र व्यवस्थापनको अभावमा रौतहट जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । अस्पताल प्रशासनले आर्थिक अभावका कारण नि:शुल्क वितरण गर्ने विभिन्न औषधि र उपकरण खरिद गर्न नसेकेको जनाएको छ । सेवा प्रभावित भएपछि विरामीहरु भने समस्यामा परेका छन् ।

रौतहट सदरमुकाम गौरमा रहेको जिल्ला अस्पताल अहिले आफैं विरामी अवस्थामा छ । अल्पतालमा न त उपचारका लागि आवश्यक उपकरण छन् न त कर्मचारी नै । साथै नि:शुल्क वितरण गरिने बिभिन्न प्रकारका औषधि समेत नुहँदा सेवा प्रवाहमा समस्या देखिएको छ ।

सरकारले जिल्ला अस्पतालबाट बिभिन्न ७० प्रकारका औषधि वितरण गर्दै आए पनि यस अस्पतालमा ३० प्रकारका औषधि मात्र उपलब्ध छ । कुकुरले टोक्दा लगाउने रेविज विरुद्धको भ्याक्सिन नहुँदा केही महिनादेखि सूचना टाँसेर अस्पतालले उक्त सेवा बन्द रहेको जनाएको छ ।

साथै ल्याव परिक्षणका लागि आवश्यक उपकरण नहुँदा विरामी नीजि अस्पतालमा चर्को शुल्क तिरेर उपचार गराउन बाध्य छन् । यतिमात्र होइन अस्पताल आउँदा समयमा चिकित्सक समेत नभेटीने स्थानीयको गुनासो छ ।

सरकारले स्थानीय तहलाई औषधी खरिद गर्ने जिम्मेवारी दिए पनि आफूहरुसँग कुनै किसिमको औषधि नभएको अस्पताल प्रशासनको भनाइ छ । तर, गौर नगरपालिकाले भने जिल्ला अस्पतालले जानि-जानि विरामिलाई अनावश्यक दुःख दिएको दाबी गरेको छ ।

मेडिकल अफिसर ४, डेन्टल सर्जन १ जनासहित ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा सबै छात्रवृति र करार सेवामा छन् । ६ जना स्टाफनर्सको दरबन्दिमा एक जना मात्र छन्।

अस्पतालमा ल्याव टेक्निसियन ३ जनाको दरबन्दी रहेपनि १ जना मात्र छन् । सदरमुकाममा रहेको सरकारी अस्पतालमा जताततै फोहोरै फोहोर मात्र देखिन्छ । अस्पतालको भौतिक संरचनाहरु संरक्षण गर्नेतर्फ कसैले ध्यान नदेखिएको विरामीको गुनासो छ ।

शौचालय महिनौ देखि सफा नगर्दा बिरामी तथा कुरुवाहरु जान सक्ने अवस्था छैन । खानेपानीको धारा वरपर दुर्गन्ध फैलिएको छ । अस्पतालले लामो समय देखी सञ्चालन गरेको एम्बुलेन्स सेवासमेत बन्द अवस्थामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);