गोर्खा भूतपूर्व सैनिकहरुको माग सम्बोधन गर्न बेलायत सरकारसंग कुटनीतिक पहल गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गोर्खा भूतपूर्व सैनिकहरुको माग सम्बोधन गर्न बेलायत सरकारसंग कुटनीतिक पहल गर्न माग

gorkha_army

काठमाडौं, १ चैत्र । सांसदहरुले गोर्खा भूतपूर्व सैनिकहरुको पेन्सनलगायतका माग सम्बोधन गर्न बेलायत सरकारसँग तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन ।

संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा समितिका सदस्य दिव्यमणि राजभण्डारीले गोर्खा भूतपूर्व सैनिकहरुको पेन्सनलगायतका माग सम्बोधन गर्न तत्काल पहल गर्न सरकारसँग माग गरे । उनले समस्या समाधान गर्न परराष्ट्रमन्त्री नेतृत्वकै एक उच्च समिति गठन गर्नुपर्ने उल्लेख गरे ।

समितिका अर्का सदस्य भीम रावलले भूतपूर्व गोखा सैनिकहरुलाई बेलायत सरकारले दिने पेन्सनलगायतका सेवा सुविधामा विभेद गरेको भन्दै सो समस्या समाधान लागि पहल नगरेकोमा सरकारको आलोचना गरेका थिए ।

बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भने सरकार गोर्खा भूतपूर्व सैनिकहरुको माग सम्बोधन गराउन बेलायत सरकारसँग प्रयासरत रहेको बताउका छन् । उनले गोर्खा सैनिकहरुलाई समानताको आधारमा पेन्सनलगायतका सेवा, सुविधा उपलब्ध गराउन तथा उनीहरुको बलिदानको उचित कदर हुने गरी बेलायत सरकारसँग कूटनीतिक पहल गर्न तयार रहेको पनि स्पष्ट पारे ।

मन्त्री ज्ञवालीले सरकारले हालसम्म गोर्खा सैनिकमा भर्ना भएका, बलिदान दिएकाहरुको अभिलेखीकरण गर्ने कामलाई अघि बढाएको पनि समितिलाई जानकारी दिए । बैठकमा समितिका सदस्यहरुले अझै पनि गोर्खा सैनिकमा भर्ना भएकाहरुको अभिलेख समेत राख्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);