आगामी चैत्र ३ गते नेकपा एकता दश महिना पुरा हुँदै, पार्टी विघटन भएको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आगामी चैत्र ३ गते नेकपा एकता दश महिना पुरा हुँदै, पार्टी विघटन भएको घोषणा

oli prachanda

काठमाडौं, १ चैत्र । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको आगामी चैत्र ३ गते दश महिना पुरा हुन्छ । तर, यो दश महिनामा नेकपाको केन्द्रीय समिति बैठक बस्न सकेको छैन भने जिल्लातहका पार्टी संचनामा विघटित अवस्थामा छन् । त्यसैले नेकपाका वरिष्ठ नेताहरु नै पार्टी विघटन भएको घोषणा गर्न थालेका छन् ।

गत जेठ तीन गते एमाले र माओवादी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको दश महिना पुरा भएको छ । वितेका दश महिनामा नेकपाले सचिवालय र स्थायी कमिटि बाहेक अरु संचना बन्न सकेका छैनन् । पार्टीमा औपचारिक छलफलको अभ्यास समेत बस्न नसक्दा हरेक निर्णयमा शिर्षताहका नेताहरुकैबीचमा फरक–फरक मत देखिने गरेको छ । राष्ट्रलाई विभाजन गर्ने भनेर हिडेकाहरुसँग संझौता गर्दा देखि एउटा कम्युनिष्ट पार्टीमाथी प्रतिबन्ध लगाउने निर्णय गर्दासम्म पार्टी कमिटिमा छलफल नभएपछि शिर्ष तहका नेताहरु नै पार्टी विघटन भएको घोषणा गर्न थालेका छन् ।

वरिष्ठ कम्युनिष्ट नेताहरु नेकपा विचार सिद्धान्त र कार्यनीतिको जगमा नभए शक्ति र सत्ताको स्वार्थबाट एक भएको भन्दै नेकपाको एकतामा देखिएको समस्यालाई स्वभाविक ठान्छन् । उनीहरु देशको आवश्यकता, जनताका एजेण्डा र राजनीतिक सिद्धान्त भन्दा शक्ति र नेताहरुको पदको व्यवस्थापन प्रथमिकतामा हुँदा नेकपा एक हुन ढिला भएको बताउँछन् ।

पार्टीको एकतालाई पूर्णता दिनभन्दै नेकपामा पटक–पटक कार्यदल बनेका छन् । संयोग हो वा योजनाबद्ध भन्न नसकिएपनि प्रत्यकपटक ती कार्यदल रामबहादुर थापाको नेतृत्वमा बनेका छन् । शिर्ष नेताहरुकै प्रभावका कारण कार्यदल पटक–पटक असफल भएको भनेर कार्यदका सदस्यहरुले नै बताउनेगरेका छन् । तर, शिर्ष नेताहरु भने एक्तालाई चाडै पूर्णता दिने भन्न छोडेका छैनन् ।

पार्टी एक नहुँदा सरकार स्वेच्छाचारी भएको, सरकारका कामकारवाहीको जिम्मा पार्टीले लिने अवस्था नभएको तथा जिल्ला तहका पार्टी संचना विघटन गरेर छोडिदिदा नागरिकसँँगको पहुँच टुटेको भन्दै कार्यकर्ताहरुले चर्को आलोचना गरिरहेका छन् । कार्यकर्ताको आलोचनाजस्तै राष्ट्रिय महत्वका विषयमा समेत पार्टीमा छलफल नभएपछि शिर्ष तहकै नेताबाट यसको आलोचना भइरहेको छ ।

१० महिनासम्म नेकपाको एकताले पूर्णता नपाउँदा दलीय व्यवस्थामा अनुरुप सरकार नचलेको मात्र हैन । दलीय व्यवस्थामा पार्टीका भूमिकामा समेत प्रश्न उठिरहेको छ । झन स्थानीय तह देखि नै नेकपाका कार्यसमिति विघटन भएको र भएका पनि कमिटि प्रणलीमा पार्टी नचल्दा व्यक्तिगत स्वेच्छाचारिताको आशंका सुरु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);