दश महिना बित्दासमेत नेकपाको एकताले पूर्णता पाएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दश महिना बित्दासमेत नेकपाको एकताले पूर्णता पाएन

काठमाडौं, ९ चैत । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको १० महिना नाघेको छ । तर, अहिलेसम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन भने पार्टीको नीति निर्माण गर्ने पोलिटव्यूरो गठन समेत हुन सकेको छैन ।

एकताकै दिन दुबै पार्टीका जिल्ला तथा स्थानीय कमिटि विघटन भएको घोषण गरेपछि स्थानीय तह पार्टीविहिन अवस्थामा छ । जनवर्गीय संगठनहरुको एकता नहुँदा कसैले समानान्तर गतिविधि गरिरहेका छन् भने कोही भूमिकाविहिन अवस्थामा छन् ।

एकताको घोषणा हुँदा दुईमहिनाभित्र सम्पूर्ण संगठनहरुको एकतालाई पूर्णता दिने उद्घोष गरेका अध्यक्षहरु विरुद्ध एकता प्रक्रिया अल्मल्याएको अरोप अहिले पार्टीभित्रैबाट लागिरहेको छ ।

पार्टी एक हुन नसक्दा पार्टी कमजोर भएको, सरकार संचालनमा समेत अफ्ठ्यारो परेको, सरकारका कामकारवाही जनतामा पुग्न नसकेको तथा पार्टीका लाखौ कार्यकर्ता निरास भएको पार्टीका वरिष्ठ नेताहरुले नैं बताउने गरेका छन् ।

तर अध्यक्षद्वयलाई भने त्यस्ता गुनासोले छुन सकेको छैन । त्यसैले वरिष्ठ नेताहरुले अध्यक्ष पुष्पकल दाहाल अमेरिकाबाट फर्के लगत्तै पार्टीको बैठक डाक्न र एकता प्रकृया टुङ्गोमा पुराउन दवाव दिने घोषण गरेका छन् ।

बरिष्ठ नेता खनाल जस्तै योजनामा छन् अर्का बरिष्ठ नेता माधवकुमार नेपाल पनि । उनले त पार्टी प्रणालीबाट नेकपालाई विचलिन हुन नदिन ढिलोमा जेठ तीन अघि एकता प्रकृयालाई टुंग्याउन पार्टी अध्यक्षद्वयको ध्यानाकर्षण गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);