लेनिन दिवसको दिन एकता हुने चर्चा तर कार्यकर्ता भने विश्वस्त हुन सकेनन् | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८०, शनिबार

लेनिन दिवसको दिन एकता हुने चर्चा तर कार्यकर्ता भने विश्वस्त हुन सकेनन्

nekapa baithak

तेजना पण्डित

काठमाडौं, ६ बैशाख । ११ महिना देखि एक एकताले पूर्णता पाउन नसकेको नेपाल कम्युनिष्ट पार्टी नेकपामा अहिले बैशाख ९ अर्थात् लेनिन दिवसको दिन एकता हुने चर्चा चलेको छ । तर, नेकपाका युवा नेताहरु भने नेताको घोषणामा अझै विश्वास गर्न सकिरहेका छैनन् ।

गत वर्ष जेठ ३ गते नकपा एमाले र माओवादी केन्द्र एक भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताले ११ महिनासम्म पूर्ण पाएको छैन । पार्टीको एकता प्रकृया नटुङ्गिदा सरकार सञ्चालन देखि पार्टीको हरेक काम गर्न गाह्रो परेको शिर्ष तहका नेता देखि कार्यकर्तासम्मले बताइरहेका छन् । तर, पनि एकताले टुंगो पाउने सुनिश्चितता अझै हुन सकेको छैन ।

विश्लेषकहरुका अनुसार नेकपाको एकता कुनै सैद्धान्तिक कारणबाट नभई दुई अध्यक्षको स्वार्थका कारण मात्र ढिला भएको छ । र त्यसले सरकारको काम कारवाहीमा फरक नपारेकै कारण एकताप्रति अध्यक्षद्वयको दिलचस्पि लागेको छैन । सैद्धान्तिक र सांगाठानिक बहस विनै शक्तिमा पुग्ने महत्वकांक्षमा जोडिएर एकता स्वीकार गरेका नेता कार्यकर्तालाई अध्यक्षद्वयको ईच्छा अनुसारकै एकता कुर्नुको विकल्प नभएको उनीहरुको बुझाई छ ।

विश्लेषकहरुले एशो भनिरहँदा नेकपा नेताहरु भने केही प्रदेशमा वडातहसम्मै एकताको खाका बनिसकेको दावी गर्दै कुनैपनि बेला एकताले पूर्णता पाउनसक्ने दावी गर्छन ।

अध्यक्षद्धवयले पटक पटक पार्टी एकता छिट्टै गर्छौ भनेर बताईरहदा पार्टीका युवा नेताहरु भने अध्यक्षको भनाईलाई नै विश्वास गर्न सकिरहेका छैनन् । उनीहरु अध्यक्षद्वयले पटक पटक मिति छिट्टै एकता हुन्छ भनेका अध्यक्षद्वयले लेलिन दिवसको दिन पारेर पार्टी एकता गर्ने कुरा सुन्नमा आएपनि विश्वास गर्ने आवस्था नरहेको बताउँछन् ।

कल्पना नै नगरेको अवस्थामा पार्टी एकता हुँदा उत्साहित भएका कार्यकर्ताहरु ११ महिनासम्म पार्टी अलपत्र पर्दा र कुनै जिम्मेवारी नपाउँदा निराश बनेका छन् । उनीहरु कम्तिमा पनि पार्टी एकतासम्म नेताहरुलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरेका छन् ।

केन्द्रमा दुइपार्टीको एकता घोषणा गरेकै दिन तल्लो तहमा दुबै पार्टीका कमिटि विघटन भएका थिए । अहिले केन्द्रीय सदस्य देखि तलका सबै तह जिम्मेवारीविहिन छन् । केन्द्रीय सदस्यहरु बैठकमा भाग लिन पाएका छैनन् भने तल्ला कमिटि बन्नै सकेका छैनन् । प्रदेशमा इञ्चार्ज तथा अध्यक्ष तोकिएर पनि काम गर्न पाएका छैनन् । दलीय व्यवस्थामा सरकारका काम कारवाहीको निगरानी र सुझाव दिने पार्टी आफै लथालिंग हुँदा लोकतान्त्रि शैलीम समेत प्रश्न उठेको छ । अव चाही अध्यक्षद्वययबाट कमिटि प्राालीमा सर्छकी भनेर आस गरिरहेका कार्यकर्ताह एकता र जिम्मेवारीक लागि याचना गरिरहेका छन् ।