प्रधानमन्त्रीको भारत भ्रमण अघि नै एकता घोषणा गर्ने एमाले-माओवादी प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानमन्त्रीको भारत भ्रमण अघि नै एकता घोषणा गर्ने एमाले-माओवादी प्रयास

oli-prachanda

रमेश वाग्ले
काठमाडौं, १३ चैत । नेकपा एमाले र माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै एकता घोषणा गर्ने प्रयासमा जुटेका छन् । आन्तरीक तयारी नपुगेको भन्दै आगामी मार्च २२ अर्थात लेलिन दिवसको दिन एकता घोषणा गर्ने तयारीमा रहेका दुई दल पुनः प्रधानमन्त्रीको भारत भ्रमण अघिनै एकता घोषणा गर्ने तयारीमा जुटेका हुन् ।

दुई कित्तामा उभिएका नेपालका प्रमुख दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले असोज १७ गते अकस्मात पार्टी एकीकरण गर्ने घोषणा गरेपछि नेपालको राजनीति तरंगित भएको थियो । घोषणा गरे अनुरुप दुई पार्टी साझा एजेण्डासहित निर्वाचनमा होमिए र झण्डै दुई तिहाई मतसहित विजयी पनि भए ।

तर, दुई पार्टीबीच हुने भनिएको एकताले अझै अन्तिम रुप पाएको छैन । एकताका लागि समझदारी पत्रमा हस्ताक्षर भए पनि एकता घोषणाको मिति सर्दै मार्च २२ अर्थात लेलिन दिवसको दिन पुर्याइएको थियो ।

फेरी प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण अघि नै पार्टी एकीकरण घोषणा गर्ने प्रस्ताव गरेपछि एकता बहस घनिभूत भएको छ । एकताका लागि बहस भए पनि आवश्यक सहमति भने जुटिसकेको छैन ।

परराष्ट्रमन्त्रालयले प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणको मिति घोषणा नगरेपनि उनी चैत २३ देखि २५ सम्म भारत भ्रमणमा जाने तयारी भइरहेको छ ।

तथापी, पुराना कम्यूनिष्ट नेताहरु भने एकतासहितको स्थायी सरकार भनेर नैं जनतासँग मत मागेको र त्यो अनुमोदन समेत भइसकेकाले एकताको विकल्प नभएको बताउँछन् ।

पार्टीको मार्गनिर्देशक सिद्धान्त थाति राखेरै एकता घोषणा गर्ने तयारी भएपनि एकता समान हैसियतमा हुने वा निर्वाचनको बेलामा जस्तो ६०/४० वा निर्वाचन परिणामपछि सरकार निर्माणमा जस्तो ७०/३० गरेर हुने भन्ने विवाद भने मिलिसकेको छैन ।

माओवादी केन्द्रका नेताहरु पार्टी एकीकरण निर्वाचन परिणामले निम्त्याएको नभएकाले समान हैसियतमा मात्र एकता सम्भव हुने बताइरहेका छन् ।

त्यही कारण कार्यदलले प्रतिवेदन बुझाउनसमेत ढिला भइरहेको छ । कार्यदलका सदस्यहरुले केही दिनमै दुबै प्रतिवदेन बुझाउने तयारी भइरहेको बताएका छन् । साथै नेतृत्वको विषयमा दुई अध्यक्ष रहने सहमति भएको बताइए पनि अधिकार क्षेत्रको बारेमा अझै टुंगो लागेको छैन ।

निर्वाचनमा एउटै घोषणापत्र र एउटै निर्वाचन परिचालन समिति बनाएर अघि बढेका एमाले माओवादीलाई अब एकता प्रक्रियाबाट भाग्न त्यति सहज छैन । तर, पार्टीको मार्गनिर्देशक सिद्धान्तसमेत थाति राखेर गर्न लागिएको एकतामा नेतृत्व र कार्यकर्ता व्यवस्थापन कम चुनौतिपूर्ण छैन । झन यी सबै कुरा मिलाएर भारत भ्रमणअघि नै एकता टुंग्याउने तयारी अझै कठिन छ ।

परराष्ट्रमन्त्रालयले प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणको मिति घोषणा नगरेपनि उनी चैत २३ देखि २५ सम्म भारत भ्रमणमा जाने तयारी भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);