प्रतिनिधिसभामा ‘प्रधानमन्त्रीले सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर’ गर्ने व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रतिनिधिसभामा ‘प्रधानमन्त्रीले सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर’ गर्ने व्यवस्था

काठमाडौं, १३ चैत । प्रतिनिधिसभामा ‘प्रधानमन्त्रीले सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर’ गर्ने व्यवस्था हुने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको मंगलबारको बैठकमा प्रतिनिधिसभामा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर हुने प्रस्तावका विषयमा छलफल गरिएको हो ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि विशेष व्यवस्था गर्ने प्रस्तावमाथि छलफल गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए । समितिमा सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले लिखित रुपमै जवाफ दिने व्यवस्था गर्ने विषयमा पनि छलफल गरिएको छ ।

बैठकमा प्रतिनिधिसभामा दर्ता हुने प्रस्तावको सर्त, सूचना र संशोधन सम्बन्धि व्यवस्थाका विषयमा पनि छलफल गरिएको छ । त्यसैगरी संसदमा पेश हुने संकल्प प्रस्तावको कार्यविधिका प्रस्तावमाथि पनि छलफल गरिएको संघीय संसद सचिबालयका प्रवक्ता गौतमले बताए ।

मस्यौदा समितिले गत शुक्रबारदेखि मस्यौदा निर्माणको काम सुरु गरेको हो । मस्यौदाको परिभाषा खण्ड र बैठक संचालन विधिको विषयमा पनि छलफल भईसकेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

संघीय संसद सचिवालयले तयार पारेको प्रस्तावित मस्यौदामा शुन्य समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीले साप्ताहिक रुपमा दिने प्रस्ताव गरिएको छ । गत फागुन २२ गते गठन भएको समितिलाई १ महिना भित्र आफ्नो प्रतिवेदन तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको छ । १३ सदस्यीय समितिले १५ दिन भित्र सक्ने गरी मस्यौदा निर्माणको कामलाई अघि बढाएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);