शीर्ष नेताहरुमा धैर्य र एकताको खाँचो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शीर्ष नेताहरुमा धैर्य र एकताको खाँचो (भिडियाेसहित)

शुभेच्छा विन्दु तुलाधर
नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ७ दशक बढी अवधि भइसकेको छ । यसबीच पार्टीभित्र थुप्रै प्रकारका अन्तरविरोध भएका छन् । पार्टी भित्रको आन्तरिक विवादका कारण पटकपटक फुट र जुट पनि भइरेहको छ । यसै क्रममा तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता भएको दुई वर्ष नबित्दै फेरि विरोध र विभाजनको स्थितिमा पुगेको छ ।

यतिबेला नेकपा, सरकारले राम्रो काम गर्न नसकेकोले पार्टीमा आन्तरिक विवाद आएको हो वा पार्टीमा आन्तरिक विवादको कारण सरकारले काम गर्न नसकेका होे, छुट्याउन नसक्ने अवस्थामा पुगेको छ । तर विडम्बना, नेकपा सरकारले जनअपेक्षा र पार्टीले चुनावी घोषणापत्रमा जनतामाझ व्यक्त प्रतिवद्धता अनुसार काम गर्न नपाएको विषय हाल पार्टी विवादको एजेण्डा भने बन्न सकेको छैन । यसले गर्दा देश नै एक प्रकारले अनिर्णयको बन्दी जस्तो बन्न पुगेकोे छ ।

दुई तिहाईको बहुमत सरकार अनि नेकपा जस्तो शक्तिशाली ठूलो पार्टीसँग जनताले परिवर्तनको आशापनि ठूलै राखेका थिए । तर हाल त्यसको ठिक विपरीत पार्टी भित्र देखिएको अन्तर कहलले जनतामात्र होइन, पार्टीभित्रका नेता, कार्यकर्ताहरु समेत निराश भइसकेका छन् । अहिलेको परिस्थिति भनेको पार्टी अन्तरविरोधमा उत्रने र एकअर्कालाई अविश्वास गरी लछारपछार गर्ने समय विल्कुलै होइन ।

कोरोना माहामारीको संत्रासमा बाँचिरहेका जनता, गाँस, बास र कपासका लागि दिनहुँ जुधिरहेका छन् । यतिबेला जनताको लागि सबै मिलेर सहकार्यका साथ अगाडी बढ्ने समय हो, तर यस्तो हुन सकिरहेको छैन । शीर्ष नेताहरुद्धारा नै एकअर्कालाई हिलो छ्याप्ने, एकअर्काप्रति गरिने नकारात्मक टिकाटिपणीले आम जनतामात्र होइन, पार्टी भित्रकै नेता कार्यकर्ता आजित भइसकेका छन् । जनताले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा र तिक्तता पोखिरहेका छन् ।

पार्टीका युवा नेताहरुले हस्ताक्षर संकलननै गरेर नेताहरुलाई सचेत गराएको अवस्था छ । जुन आफैमा एउटा सकारात्मक पहल हो । युवा नेता तथा जनताको मनसायलाई पार्टीका अग्रपंक्तिमा रहेका नेताहरुले बुझेर अघि बढ्न सकेमा देशले दिगो विकास गर्न सक्छ, देशले भोगिरहेको हरेक विषम परिस्थ्तििलाई सजिलै जित्न सकिन्छ । साथै बेलाबेलामा छिमेकी राष्ट्रले गर्ने गलत प्रतिक्रियाको पनि खरो रुपमा प्रतिवाद गर्न सकिन्छ ।

अहिले नेकपा भित्रको विवादलाई विश्लेषण गर्ने हो भने, बेलाबेला शीर्ष नेतृत्वबीच हुने सम्झौता , अगाडी गरेको सम्झौताहरु नै कार्यान्वयन नहुँदै फेरि नयाँ सम्झौता नै मुख्य कारण देखिन्छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको टकराव यही विषयमा केन्द्रित देखिन्छ । यो टकराव लामो समय रहेकै कारण पार्टी भित्र असमझदारीको खाडल पनि बढ्दै गएको छ । नेताहरु नयाँ सम्झौता भइसक्दा पनि पूराना सम्झौताहरु खोतल्दै बस्ने बानीले पनि पार्टी भित्र विश्वासको वातावरण हुन सकेन र दूरी बढ्दै गएको छ ।

नेताहरुको यस प्रकारको “बालापनले” गर्दा नेतृत्व कता कता लक्ष्यहिन जस्तो देखिन्छ । साथै नेता र पार्टीले लक्ष्य एकिन गर्न नसक्दाको अवस्थाले के भए सहमतिमा जाने हो, भनी बाटो पहिल्याउनै सकेको देखिंदैन । यसको फाइदा,बीचमा बसेर आफ्नो अनुकूल स्वार्थमा पार्टीलाई चलाउन चाहने अवसरवादीहरुले खेल्ने र खेलाउने मौका पाइरहेका छन । विज्ञ, विश्लेषकहरुको आफू अनुकुलको विश्लेषले पनि केही असर पारेको छ । यस्ता विषयले जनता भने भ्रममा परिरहेका छन् ।त्यसैले अब बेला भएको छ , जनता, पार्टीका नेता र कार्यकर्तालाई भ्रमबाट मुक्त गर्ने ।

आफ्नै पार्टीका युवा सांसदहरुले दिएको हस्ताक्षरसहितको सुझावलाई मनन् गरेर शीर्ष नेताहरुले एउटा लक्ष्य निर्धारण गर्नु जरुरी छ । आफूहरुले निर्धारण गरेका लक्ष्य र सहमतिलाई सँगै बसेर सार्वजनिक गर्न सक्नुपर्छ । आम जनता र पार्टी नेता कार्यकर्ता सबैको आवाज सुनेर शीर्ष नेतृत्वले अन्तिममा निकास दिने कुरामा मात्र बोल्ने बानीको विकास गर्नसक्नु पर्छ । यतिमात्र होइन, परिस्थितिका आधारमा एक अध्ययन दल गठन गरी आपसी अध्ययन र विश्लेषण गरेर निष्कर्षमा पुग्न सक्नु पर्छ । समाधानको विकल्प निकाल्न जरुरी छ ।

चुनाव अगाडी राजनीतिक स्थिरता र स्थिर सरकार आएमा विकासले गति लिने छ भन्ने गरेका अभिव्यक्तिहरुलाई सार्थक पार्न आमनागरिक, पार्टीलाई सर्वोपरि हितमा राखेर शीर्ष नेताहरुमा धैर्य र एकता खाँचो आजको आवश्यकता हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);