नेकपा एकतामा अब झिनो आश (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

नेकपा एकतामा अब झिनो आश (भिडियोसहित)

काठमाडौं, १७ कार्तिक । आन्तरिक शक्ति संघर्षको कारण सत्तारुढ दल नेकपा लगभग फुटको नजिक पुगेको छ । अब कुनै दैविक चामत्कार भए मात्र एकता बच्ने नभए पूर्ववत अवस्थामा पुग्ने स्थितिमा नेकपा पुगेको छ । आन्तरिक शक्ति संघर्ष सिंहदरवार भित्र रहेको प्रधानमन्त्रीको कुर्सी नै प्रमुख कारण देखिन्छ ।

गत शनिबार बालुवाटारमा भएको दुई अध्यक्षबीचको झगडाले नेकपा यो स्थितिमा पुगेको हो । दोश्रो वरीयताका नेताहरुले अथक प्रयास गरी संवादहीन अवस्थाको अन्त्य भएको भनेर बाहिर प्रचार गरिजस्तो स्थिति अब नेकपामा रहेन । दुई अध्यक्षबीच झण्डै डेड घण्टा लामो भएको वार्तामा प्रधानमन्त्रीको कुर्सीको बार्गेनिङ भएछ । देखाउनलाई बाहिर कर्णाली प्रदेश, राजनीतिक नियुक्ति र भारतीय गुप्तचर संस्थाका प्रमुखसँगको भेटलाई कारण देखाइए पनि वास्ताविकता भने त्यो रहेनछ ।

पार्टी एकता पछिको बाँकी सबै काम एकातिर थन्काएर लक्ष्य सिंहदरवार केन्द्रित हुन जांदा नेकपा एकता अब कता ? भन्ने अवस्थामा पुगेको छ । एकता हुँदाका कुनै पनि सम्झौता र सहमति कार्यान्वयन नभएकोले स्थिति बिग्रिएको नेकपा नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल बताउनु हुन्छ । गर्नु पर्ने काम पार्टी एकताको तर झगडा सत्ताको हुँदा अहिलेको अवस्था आएको हो । यो अवस्था आउनु दुर्भाग्यपूर्ण भएको उहाँको कथन छ । सकेसम्म एकता बचाउन नभए जुनसुकै परिस्थितिको सामना गर्न तयार भएको उपप्रधानमन्त्री पोखरेल बताउनु हुन्छ ।

नेकपा भित्र बढेको आन्तरिक शक्ति संघर्ष र पार्टी फुटको अवस्थामा पुग्नुको कारणबारे उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग माउण्टेन टेलिभिजनले गरेको कुराकानी :

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);