भक्तपुरमा गथांमुगः चःह्रे पर्व | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

भक्तपुरमा गथांमुगः चःह्रे पर्व

काठमाडौं । सांस्कृतिक शहर भक्तपुरका स्थानीय बासिन्दाहरूले आज परम्परागत ‘गथांमुगः चःह्रे’ (घण्टाकर्ण चतुर्दशी) पर्व हर्षोल्लासका साथ मनाएका छन् । नेवार समुदायमा परापूर्वकालदेखि प्रचलित यो पर्व विशेष गरी नकारात्मक शक्ति र भूतप्रेत भगाउने धार्मिक विश्वासका साथ मनाउने गरिन्छ । पर्वको अवसरमा भक्तपुरका विभिन्न टोल तथा चोकहरूमा नर्कट र छ्वालीबाट निर्मित घण्टाकर्णको पुत्ला उभ्याइएको थियो । स्थानीय बासिन्दाहरूले आ–आफ्नो घर सफा गर्ने र मन्त्र जप गरी फलामको औंठी लगाउने जस्ता विधिहरू सम्पन्न गरेका छन् । विशेष गरी रोपाइँ सकिएपछि खेतीपातीका क्रममा लागेका हिलो र फोहोरसँगै नकारात्मक ऊर्जालाई बिदा गर्ने प्रतीकका रूपमा यस पर्वलाई लिइन्छ । साँझपख तयार गरिएको पुत्लालाई स्थानीय खोला वा दोबाटोमा लगेर जलाउने वा विसर्जन गरिएको छ ।

Leave a Reply