लिबियाको जाविया तेल प्रशोधन केन्द्रमा आक्रमण, इन्धन ट्याङ्कीमा भीषण आगलागी | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

लिबियाको जाविया तेल प्रशोधन केन्द्रमा आक्रमण, इन्धन ट्याङ्कीमा भीषण आगलागी

लिबियाको राष्ट्रिय तेल निगम (एनओसी) ले पश्चिमी लिबियास्थित जाविया तेल प्रशोधन केन्द्रको एक इन्धन ट्याङ्कीमा प्रत्यक्ष आक्रमण भएको जनाएको छ । उक्त आक्रमणका कारण ट्याङ्कीमा भीषण आगलागी हुनुका साथै संरचना पूर्ण रूपमा ध्वस्त भएको निगमले उल्लेख गरेको छ । एनओसीको सहायक कम्पनी ‘ब्रेगा पेट्रोलियम मार्केटिङ कम्पनी’ द्वारा सञ्चालित ‘४०२–टी’ नामक उक्त ट्याङ्कीमा करिब ४५ लाख लिटर पेट्रोल भण्डारण गरिएको थियो । आगलागी नियन्त्रण गर्न र अन्य प्लान्ट तथा भौतिक संरचनामा क्षति पुग्न नदिन प्रशोधन केन्द्र, मार्केटिङ कम्पनी र छिमेकी तेल कम्पनीका अग्निनियन्त्रक तथा सुरक्षा टोलीहरू परिचालन गरिएको विज्ञप्तिमा जनाइएको छ । निगमकाअनुसार जाविया सहरमा तेल पूर्वाधार र सुविधाहरूलाई लक्षित गरी भइरहेका श्रृङ्खलावद्ध आक्रमणहरूमध्ये यो पछिल्लो घटना हो । यसअघि स्थानीय सञ्चारमाध्यमहरूले इन्धन ट्याङ्कीभित्र विष्फोट भएको र आकाशमा आगोको ज्वाला तथा धुवाँको बाक्लो मुस्लो देखिएको रिपोर्ट सार्वजनिक गरेका थिए । प्रारम्भिक विवरणहरूले ट्याङ्कीमाथि आत्मघाती ड्रोनमार्फत आक्रमण गरिएको सङ्केत गरे पनि विष्फोटको यकिन कारण र मानवीय क्षतिको आधिकारिक पुष्टि हुन बाँकी छ । सरकारी स्वामित्वको जाविया आयल रिफाइनिङ कम्पनीले सञ्चालन गर्ने यो प्रशोधन केन्द्र लिबियाको प्रमुख तेल प्रशोधन सुविधाहरूमध्ये एक मानिन्छ ।

Leave a Reply

ताजा समाचार