राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन गर्न तीनवटा उपसमिति गठन | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन गर्न तीनवटा उपसमिति गठन

काठमाडाै, २६ साउन । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काम कारबाहीलाई व्यवस्थित रुपमा सम्पादन गर्न तीनवटा उपसमिति गठन गरेको छ ।

सोमबार बसेको समितिको बैठकमा सभापति रामनारायण विडारीले कोरोनाका कारण अप्ठेरो अवस्थामा समितिका कामहरु व्यवस्थित र प्रभावकारी रुपले सम्पादन गर्न उपसमिति गठन गरिएको बताउनुभयो । राष्ट्रिय सभा नियमावलीको नियम १सय ५२ बमोजिम विभिन्न कार्यदेश र कार्यविधि भएको उपसमितिहरु गठन गरिएको हो ।

समितिले प्रत्यायोजित व्यवस्थापन उपसमिति, सरकारी आश्वासन उपसमिति र राष्ट्रिय महत्वका दस्तावेज अभिलेख संरक्षण उपसमिति गठन गरेको हो । सबै समितिको कार्यवधि तीन महिनाको रहेको छ ।

कोरोना संक्रमण बढ्दै गएकाले समितिको बैठक १५ दिनसम्म नबस्ने भएको छ । सभापति विडारीले १५ दिन पछिको स्थिति हेरेर बैठक बस्ने वा नबस्ने निर्णय हुने बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);