भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

एजेन्सी, २६ साउन । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । मुखर्जीले सोमबार ट्वीट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिनुभएको हो ।

उहाँले फरक प्रयोजनका लागि अस्पताल पुगेको बेला कोरोना भाइरसको पनि परीक्षण गराउदा आफूमा संक्रमण पुष्टि भएको उनले ट्वीटमा जानकारी दिएका हुन् ८४ बर्षिय मुखर्जीले पछिल्लो एक हप्तामा आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेशनमा बसी कोरोना भाइरसको परीक्षण गर्न आग्रह समेत गर्नुभएको छ ।

भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख बढी पुगिसकेको छ । विश्वभर २ करोडभन्दा बढी भाइरसबाट संक्रमति भइसकेका छन् । विश्वभर पछिल्लो ३ सातामा मात्र थप ५० लाख कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समय ब्राजिल र अमेरिकामा नयाँ संक्रमितको संख्या स्थिर भइसकेको छ भने भारतमा भने बढ्दो क्रममा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);