कोरोना भाइरसबाट विश्वभर २० लाख भन्दा बढी संक्रमित, १ लाख २६ हजार बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

कोरोना भाइरसबाट विश्वभर २० लाख भन्दा बढी संक्रमित, १ लाख २६ हजार बढीको मृत्यु

corona

एजेन्सी, ३ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेका संख्या १९ लाख ९९ हजार नाघेको छ । संक्रमित मध्ये एक लाख २६ हजार बढीले जनाले ज्यान गुमाएका छन् भने चार लाख ७८ हजार भन्दा बढी जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १३ लाख ९२ हजार १०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ५९५ जनाको अवस्था गम्भीर छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ७३ हजार ३२ नयाँ संक्रमित थपिएका छन् । ६ हजार ९२० जनाको ज्यान गएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार ६४ पुगेको छ । स्पेनमा १८ हजार २५५ पुगेको छ । स्पेनमा एकैदिन ३ हजार ९६१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७४ हजार ६० पुगेको छ ।

इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । एकैदिन ६०२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६७ पुगेको हो । इटालीमा एकैदिन २ हजार ९७२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ४८८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३७ हजार १३० जना उपचारपछि निको भएका छन् । ३ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ७७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार १०७ पुगेको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९३ हजार ८७३ पुगको छ ।

छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको दर तीब्र रुपमा बढेको छ । पछिल्लो तथ्यांक अनुसार ३९३ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ११ हजार ४ सय नाघेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);