कोरोना भाइरस: विश्वभर १७ लाख ७९ हजार ९९ जना संक्रमित, अमेरिकामा २० हजार ५७७ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोना भाइरस: विश्वभर १७ लाख ७९ हजार ९९ जना संक्रमित, अमेरिकामा २० हजार ५७७ को मृत्यु

corona

काठमाडाैं, ३० चैत । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ। गएको २४ घन्टामा विश्वभर ६ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर संक्रमितको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ ।

बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार २१८ नयाँ संक्रमित थपिएको छन् । त्यसमध्ये ६ हजार ८३ जनाले ज्यान गुमाएका छन् । यससङ्गै कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार ७७० पुगेको छ ।

संक्रमितमध्ये ४ लाख २ हजार ७०९ जना उपचारपछि निको भएर फर्किएका छन् । अहिले निको भएर फर्कनेहरुपनि संक्रमित हुने क्रम बढ्न थालेको चिकित्सकहरुले बताएका छन् ।

अहिले १२ लाख ६७ हजार ६२० जना कोरोना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५० हजार ५८४ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अमेरिकामा बढी फैलिएको छ । अमेरिकामा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित छन् भने ज्यान गुमाउनेको संख्या पनि अमेरिकैमा बढी पुगेको छ ।

अमेरिकामा ५ लाख ३२ हजार ८७९ जनामा संक्रमण भएको छ । २४ घण्टामा मत्रै ३० हजार ३ नयाँ संक्रमित फेला परेका छन् । २० हजार ५७७ जनाको मृत्यु भएको छ । एकै दिन अमेरिकामा १ हजार ८३० जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि इटालीमा मृत्यु हुनेको संख्या धेरै छ। त्यहाँ एकैदिन ६१९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या हजार ४६८ पुगेको हो । संक्रमितको संख्या १ लाख ५२ हजार २७१ पुगेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ९१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ७८ हजार ९९१ पुगको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५२५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ६०६ पुगेको छ ।

स्पेनमा एकैदिन ४ हजार ७५० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ६३ हजार २७ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ । भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४४६ पुगेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);