४ लाख मानिस कोरोनाको उपचारपछि ठिक भए, चीन सबैभन्दा सफल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

४ लाख मानिस कोरोनाको उपचारपछि ठिक भए, चीन सबैभन्दा सफल

china

एजेन्सी, ३० चैत । विश्वभरी फैलिइएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ४ लाख भन्दा बढी मानिस मुक्त भएका छन् । हालसम्म १७ लाख ८१ हजारभन्दा बढी मानिसहरुलाई कोरोनाको संक्रमण देखिए पनि ति मध्ये ४ लाख ४ हजारभन्दा बढी मासिनले उपचारपछि कोरोनाबाट मुक्ति पाएका हुन् ।

वल्र्ड ओ मिटरका अनुसार सबैभन्दा बढी कोरोनाबाट चीनमा मुक्त भएका छन् । चीनमा हालसम्म ८२ हजार ५२ जनामा यसको संक्रमण देखिए पनि ७७ हजार ५ सय ७५ जना उपचार पछि ठिक भएका छन् । चीनमा कोरोनाको कारण जम्म ३ हजार ३ सय ३९ जनाले ज्यान गुमाए । चीनमा केही सातादेखि दोहोरो अंकमा मात्रै कोरोना संक्रमित देखिन थालेको छ ।

चीनपछि सबैभन्दा कोरोनाको संक्रमित ठिक हुने राष्ट्र स्पेन हो । स्पेनमा १ लाख ६३ हजार भन्दा बढी संक्रमित रहेको अवस्थामा ५९ हजार १०९ जना ठिक भएका छन् भने १६ हजार ६०६ जनाको मृत्यु भइरहसको छ । त्यस्तै, इटालीमा १ लाख ५२ हजार भन्दा बढीलाई संक्रमण लागेको छ । ति मध्ये १९ हजार ४६८ जनाको मृत्यु भए पनि ३२ हजार ५३४ जना कोरोनाबाट मुक्त भएका छन् । जर्मनीमा १ लाख २५ हजार जना कोरोनाबाट संक्रमित भए पनि ५७ हजार ४ सय जना ठिक भइसकेका छन् । जर्मनीमा २ हजार ८ सय ७१ जनाले हालसम्म ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी संक्रमण भएको अमेरिकामा ३० हजार ५ सय जना ठिक भएका छन् । अमेरिकामा ५ लाख ३३ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ ।

धेरै कोरोना संक्रमितलाई उपचारबाट ठिक गर्ने अर्को राष्ट्र इरान पनि हो । इरानमा ७० हजार भन्दा बढी मनिसमा यसको संक्रमण देखिएकोमा ४ हजार ३ सय ५७ जनाको मृत्यु भए पनि ४१ हजार ९ सय ७४ जना ठिक भएका छन् ।

नेपालमा पनि हालसम्म १२ जनामा कोरोनाको संक्रमण देखिएको छ । नेपालमा उपचारपछि एक जना ठिक भइसकेका छन् भने ११ जनाको उपचार भइरहेको छ । कोरोनाको संक्रमण फैलन नदिनको लागि नेपाल सरकारले पनि विगत तीन सातादेखि लकडाउन जारी राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);