डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्न ट्रम्पको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्न ट्रम्पको निर्देशन

trump tv address

एजेन्सी, ३ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्न निर्देशन दिएका छन् । डब्लूएचओले कोरोना भाइरस नियन्त्रणका लागि न्यूनतम दायित्व पनि पूरा गर्न नसकेको भन्दै ट्रम्पले आफ्नो प्रशासनलाई यस्तो निर्देशन दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले हरेक वर्ष डब्लूएचओलाई ४० देखि ५० करोड डलर आर्थिक सहयोग गर्दै आएको बताएका छन् । डब्लूएचओलाई राष्ट्रपति ट्रम्पले चीनमा कोरोना संक्रमण देखिएपछि त्यसलाई सही ढंगले व्यवस्थापन गर्न नसकेको र घटनालाई ढाकछोप गर्न खोजेको आरोप समेत लगाएका छन् ।

डब्लूएचओलाई जसरी पनि जवाफदेही बनाउने ट्रम्पको भनाई थियो । यसअघि ट्रम्पले डब्लूएचओ चीन केन्द्रित भएको आरोप लगाएका थिए । त्यसको केही समयपछि चीनले कोरोना भाइरस नियन्त्रणका लागि चालेको कदम उच्च र पारदर्शी रहेको भन्दै अमेरिकाले त्यसको कदर गर्ने बताएका थिए ।

त्यसका लागि उनले समकक्षी सी चीनफिङलाई धन्यवाद समेत दिएका थिए । कोरोना महामारीविरुद्ध अमेरिकामा चालिएका नीतिलाई लिएर ट्रम्प आलोचित हुँदै आइरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);