एकै दिन भारतमा १ सय ७० संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एकै दिन भारतमा १ सय ७० संक्रमितको मृत्यु

corona

काठमाडौं, १४ जेठ । कोरोना भाइरसबाट भारतमा संक्रमित हुनेको संख्या एक लाख ५० हजार नाघेको छ । अहिलेसम्म भारतमा एक लाख ५१ हजार ७६७ जना संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ६ हजार ३८७ नयाँ संक्रमित भेटिएका छन् ।

त्यस्तै, मृत्यु हुनेको संख्या पनि चार हजार ३ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण १ सय ७० जनाको मृत्यु भएको छ ।

भारतको सबैभन्दा बढी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५४ हजार ७ सय ५८ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ७९२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म १७ हजार ७२८ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १७० जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १४ हजार ८२१ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ९१५ पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या सात हजार २४ पुगेको छ । यो राज्यमा ३०५ जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा चार हजार ९ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २८३ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या ६ हजार ५४८ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १७० जनाको मृत्यु भएको छ । बिहारमा दुई हजार ९८३ संक्रमित पुग्दा १३ जनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म ६४ हजार ४२६ संक्रमित निको भएर घर फर्किएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);