दिल्लीमा तापक्रम ४७ डिग्रीभन्दा माथि | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

दिल्लीमा तापक्रम ४७ डिग्रीभन्दा माथि

काठमाडौं, १४ जेठ । कोभिड १९ को महामारीसँग जुधिरहेको उत्तर भारतमा अहिले सलहको प्रकोपसँगै प्रचण्ड गर्मीको प्रभाव परेको छ। । सलहले बालीनाली नष्ट पारिदिँदा किसानहरू अर्को चिन्तामा परेका छन् ।

भारतको राजधानी दिल्लीमा मङ्गलवार तापक्रम बढेर ४७.६ डिग्री सेल्सीअस पुग्यो भने उत्तर भारतका अधिकांश स्थानमा प्रचण्ड गर्मी भएको छ। अधिकारीहरूका अनुसार गर्मीको यो अवधि सप्ताहान्तसम्म चल्नेछ।

अधिकारीहरूले प्रचण्ड गर्मीबाट जोगिन सर्वसाधारणलाई घरभित्र बस्न अनुरोध गरेका छन्। भारतमा दशकौँयता पहिलो पटक मे महिनाको अन्तिम साता यति धेरै गर्मी भएको हो।

सरकारी मौसमविद्हरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार गत साता आएको चक्रवात अम्पनका कारण अहिले गर्मी बढेको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);