देशभर तापक्रम बढ्दै, तराईका जिल्लामा जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

देशभर तापक्रम बढ्दै, तराईका जिल्लामा जनजीवन प्रभावित

garmi nepalgunj

नेपालगञ्ज, ३ जेठ । देशभर तापक्रमबढेसंग गर्मीले जनजीवन प्रभावित हुन थालेको छ । नेपालगञ्ज लगायत तराईका जिल्लाहरुमा तापक्रम ४३ डिग्री सेल्सियससम्म पुगेपछि गर्मीले जनजीवन झन् धेरै असहज बनाएको हो । त्यसमाथि छिनछिनमा हुने लोडसेडिङले अझ कष्टकर बनाएको छ ।

पछिल्लो समय तापक्रममा भएको बृद्धिसंगै देशभर जनजीवन प्रभावित भएको छ । विशेषगरी तराईका जिल्लाहरुमा गर्मीले जनजीवन अझ धेरै कष्टकर बनेको छ । यस वर्ष अहिले नै ४३ डिग्री तापक्रम पुगेको जल तथा मौसम विज्ञान विभाग नेपालगञ्जले जनाएको छ । नेपालगञ्जमा अहिले नै तापक्रप ४३ डिग्रीसम्म पुगेपछि जिल्लाका मानिसहरुको दिन काट्न गाह्रो भएको छ ।

गर्मीको समयमा मानिसहरु दिँउसोको समयमा सकेसम्म भित्रै बसेर, फलफुलका जुसहरु खाएर, पङ्खा तथा एसीमा बसेर मानिसहरु गर्मीबाट बच्न खोजिरहेका छन् । प्रचण्ड गर्मीले त समस्या भएको नै छ, त्यसका साथसाथै नेपालगञ्जमा छिनछिनमा हुने लोडसेडिङले नेपालगञ्जबासीलाई गर्मीले झन् धेरै सास्ती भएको छ ।

नेपालगञ्जमा तापक्रम दिनप्रति दिन बढ्दा दैनिकी ज्याला मजदुरी गरेर छाक टार्नेहरुलाई धौ धौ भएको छ । वैशाखको दोस्रो साताबाट नै गर्मी शुरु हुने र भदौ महिनासम्म गर्मी हुने गर्छ नेपालगञ्जमा । गर्मीबाट राहत पाउन खरबुजा र उखुको जुसबाट राहत पाउने गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा न. ६ का अध्यक्ष समीर प्रताप सिंहले नेपालगञ्जवासीलाई भन्दा बाहिरबाट आएका पर्यटकहरु गर्मी र छिन छिनमा हुने लोडसेडिङले धेरै असहज हुने गरेको बताउनु हुन्छ ।

अघिल्लो वर्षमा जेठ र असारमा अत्याधिक तापक्रम बढ्ने गरेको भएपनि यस वर्षमा वैशाख मै ४३ डिग्री सेल्सियस पुगेपछि पछिल्लो वर्षको रेकर्ड नाघेको छ । बढ्दो तापक्रम र तातो हावाका कारण पश्चिम नेपालको जनजिवन प्रभावित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);