बढ्दो गर्मीले देशभरकाे जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बढ्दो गर्मीले देशभरकाे जनजीवन प्रभावित

काठमाडौं, २ असार । पछिल्लो केही दिनयता देशभरको तापक्रम बर्षकै उच्च विन्दुमा पुगेको छ । बढ्दो तापक्रमले विशेषगरी तराईमा जनजीवन प्रभावित भएको छ । तापक्रम बृद्धिसँगै तातो हावा चल्नाले सर्वसाधारणलाई घरबाहिर निस्किन समेत समस्या उत्पन्न भएको छ ।

प्रचण्ड गर्मीले दैनिक क्रियाकलापलाई कष्टकर बनाएको छ । सडक बजार तथा विद्यालयहरुमा चहल पहल निकै कम देखिन्छ । तराइमा तापक्रम बृद्धि हुँदा स्थानीयको दैनिकीमा प्रभाव पार्नुका साथसाथै स्वास्थ्यमा समेत नकारात्मक असर गरेको छ । तराईका अस्पतालहरुमा बिरामीहरुको चाँप बढेको छ । केही दिन यता प्रचण्ड गर्मी र पानी नपर्दा घाउ खटीरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापाखाला लगायतका विरामीहरु तराइका अस्पताल आउन थालेका छन् ।

अस्पतालहरुमा विरामीको चाँप बढेपछि भुँइमा राखेर समेत उपचार गरिँदैछ । सामान्य अवस्थामा एक हजारदेखि १५ सयसम्म विरामी आउने अस्पतालमा अहिले दुई हजार पाँच सयदेखि तीन हजारको हाराहारीमा विरामी आउने गरेको भैरहवाको भिम अस्पतालका मेडिकल सुपरिटेन्डेनले जानकारी दिनुभयो ।

अत्यधिक गर्मीका कारण प्रदेश नम्बर २ स्थित विभिन्न जिल्लाहरुमा विद्यालय बन्द गर्न थालिएको छ । ४२ डिग्री सेल्सियसभन्दा बढी तापमान बढ्न थालेपछि धनुषा, महोत्तरी, बारा लगायतका जिल्लाका विद्यालय आइतबारबाट बन्द गरिएको छ ।

धनुषाका विद्यालयहरु सोमबारबाट करिब एक साताको लागि बन्द गरिएको छ । गर्मी बढेपछि शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका सबै पालिकाहरुलाई विद्यालय बन्द गर्न पत्राचार नै गरेको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलको अध्यक्षतामा सामुदायिक तथा निजि सबै बिद्यालयहरु एक सातासम्म बिदा दिने निर्णय भएको छ । गर्मीमा सकेसम्म बाहिर नहिड्ने र हिड्नु परेमा पुरा बाहुला भएका लुगा, छाता प्रयोग गर्ने, प्रशस्त फलफुलका जुस लगायका झोलीलो पदार्थ सेवन गर्न चिकित्सकहरुको सुझाव छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);