युरोपियन मुलुहरुकमा बढ्दो तापक्रमले जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

युरोपियन मुलुहरुकमा बढ्दो तापक्रमले जनजीवन प्रभावित

europe heat wave

एजेन्सी, १२ असार । बढ्दो तापक्रमले युरोपका विभिन्न मुलुकको जनजीवन प्रभावित भएको छ । युरोपियन मुलुकहरु जर्मनी, पोल्यान्ड र चेक–रिपब्लिकमा जुन महिनामा अहिले सम्मकै सबैभन्दा धेरै तापमान रेकर्ड भएको छ ।

जर्मनीमा ३८ दशमलब ६, पोल्यान्डमा ३८ दशमलब २ र चेक–रिपब्लिकमा ३८ दशमलब ५ डिग्री तापक्रम रेडर्क गरिएको जनाइएको छ । ती देशमा तापक्रम अझै बढ्न सक्ने अनुमान गरिएको छ । फ्रान्स र स्वीजरल्याण्ड लगायतका मुलुकमा बिहीबार ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेको जनाइएको छ ।

मौसमविद्हरुले उत्तर अफ्रिकाबाट तातो हावा बहेको र त्यो युरोपियन हिटवेभमा परिणत भएको जनाएका छन् । फ्रेन्च अधिकारीहरुले गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै सर्बसाधारणलाई सचेत गराएका छन् ।

स्पेनिस अधिकारीहरुले पनि बढ्दो गर्मीले जंगलमा आगो लाग्न सक्ने जनाएका छन् । स्पेनको उत्तर पूर्वी भागमा शुक्रबार ४५ डिग्री सम्म तापक्रम पुग्ने अनुमान गरिएको छ । गर्मीका कारण फ्रान्सका कतिपय विद्यालयले परीक्षा सारेका छन् । जलवायु परिवर्तनका कारण नै युरोपमा यो अवस्था उत्पन्न भएको सम्बद्ध विज्ञहरुरुले जनाएका अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);