अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरीको तस्विरले विश्व आप्रवासी बहसमा नयाँ तरंग | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरीको तस्विरले विश्व आप्रवासी बहसमा नयाँ तरंग

prawasi

काठमाडौं, १२ असार । अमेरिकामा रिपब्लिकन पार्टीको बाहुल्य रहेको माथिल्लो सदन सिनेटले अमेरिका मेक्सिको सीमामा सहायता पठाउने सम्बन्धमा विधेयक पारित गरेको छ ।

सिनेटले यसअघि सोही विषयमा डेमोक्र्या्टिक पार्टीको बाहुल्यको तल्लो सदनले ल्याएको विधेयक अस्वीकृत गरेको थियो । अस्वीकृत विधेयकमा अध्यागमन निकायमाथि प्रतिबन्धको व्यवस्था राखिएको थियो । अब दुवै दलका सांसदहरू आफ्ना विधेयक परिमार्जन गर्नुपर्ने दबावमा छन् ।prawasi1 आप्रवासीहरू मरिरहेका, कमजोर अवस्थामा उनीहरूलाई बन्दी बनाइएका र रेखदेख बिना नै राखिएका बालबालिकाका समाचारले यस बहसलाई बल दिएको छ । हालै अमेरिका छिर्ने प्रयासका रूपमा रियो ग्रान्ड नदी तर्न खोज्दा ज्यान गुमाएका एल साल्भडोरका बाबुछोरीको तस्बिर सार्वजनिक भएको पृष्ठभूमिमा आर्थिक व्यवस्था गर्ने प्रतिस्पर्धी विधेयकहरू आएका हुन् । एल साल्भडोरका ओस्कार मर्टिनेज रमिरेज र उनकी झन्डै दुई वर्षकी छोरी भलिराको शवको एउटा तस्बिरले आप्रवासीसम्बन्धी विषय पुन तताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);