विनियोजन विधेयक पारित  | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

विनियोजन विधेयक पारित 

काठमाडौं। संसदले विनियोजन विधेयक २०७९ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७९ पारित गरेको हो।

यसअघि केही सांसदले प्रस्तुत गरेका विनियोजनक विधेयकमाथिको बजेट कटौतीका प्रस्तावलाई बैठकबाट बहुमतले अस्वीकृत गरेको थियो।
अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७९ लाई बैठकबाट बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । गत १५ जेठमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०८९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए।

सो क्रममा १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट पेस गरेका थिए ।  गत १७ जेठदेखि निरन्तर मन्त्रालयगत एजेण्डामाथि छलफल भएको थियो।

Leave a Reply