असार १५ मै विनियोजन विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

असार १५ मै विनियोजन विधेयक पारित

samghiya samsadh

काठमाडौं, १६ असार । प्रतिनिधिसभाले विनियोजन विधेयक शुक्रबार बहुमतले पारित गरेको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले जेठ १५ गते १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट संसद्मा प्रस्तुत गरेका थिए।

आर्थिक वर्ष नसकिँदै मध्य असारमै विनियोजन विधेयक पारित भएका कारण सरकारलाई आर्थिक वर्षको सुरुवातबाटै बजेट कार्यान्वयनमा सहज हुनेछ। बजेट आ िश्रत आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक भने पारित हुन बाँकी छन्। यी तीन विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पारित भइसकेकाले सोमबारभित्र प्रतिनिधिसभाबाट पारित गरिने संसद् सचिवालयले जनाएको छ।

विगतमा समयमा बजेट नआउने भएका कारण संविधानमै जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक सीमा तोकिएको थियो। जेठ १५ मा बजेट प्रस्तुत भए असार भित्र पारित गर्ने र आर्थिक वर्षको सुरुवात साउन १ देखि नै बजेट कार्यान्वयन गर्ने उद्देश्यले संविधानमै बजेट पेस गर्ने दिन तोकिएको हो।

मन्त्रीहरूले आआफ्नो मन्त्रालयअन्र्तगत उठेका प्रश्नको जवाफ दिने क्रम बिहीबार समाप्त भएको थियो भने प्रधानमन्त्री केपी ओलीले शुक्रबार जवाफ दिएका थिए। जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्री डा.खतिवडाले विनियोजन विधेयक पारितका लागि प्रतिनिधिसभामा प्रस्ताव गरेका थिए। सभामुख कृष्णबहादुर महराले निर्णयार्थ पेश गरेको उक्त प्रस्तावको विपक्षमा कांग्रेस र केही साना दलले मतदान गरेका थिए। सत्तापक्षसँग दुई तिहाई मत रहेका कारण सभामुख महराले बहुमतबाट विनियोजन विधेयक पारित भएको घोषणा गरेका थिए।

अर्थमन्त्री डा.खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफलमा विपक्षी भन्दा पनि सत्तापक्षीय सांसदले नै चर्को विरोध जनाएका थिए। मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित रहेर बजेट छुटयाएको भन्दै सत्तापक्षका अधिकांश सांसदले बजेटको चर्को विरोध गरेका थिए। सत्तापक्षीय सांसदकै प्रस्तावमा बिहीबार पुराना आयोजना निर्माण गर्नुपर्ने भन्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि नै छलफल गरिएको थियो।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);