अमेरिकाद्वारा इरानमाथिको आर्थिक प्रतिबन्ध थप कडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अमेरिकाद्वारा इरानमाथिको आर्थिक प्रतिबन्ध थप कडा

us-iran

काठमाडौं, ११ असार । अमेरिकाले नयाँ प्रतिबन्ध लगाउँदै इरानमाथिको आर्थिक प्रतिबन्धलाई थप कडा बनाएपछि दुई देशबिचको सम्बन्धनमा थप फाटो आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनी लक्षित नयाँ प्रतिबन्धमा हस्ताक्षर गरेका थिए ।त्यसको जवाफमा इरानले ह्वाइट हाउस मानसिक रुपमा अशक्त भएको बतायो । इरानका राष्ट्रपति हसन रुहानीले नयाँ प्रतिबन्धनले ट्रम्प नेतृत्वको ह्वाइट हाउसको मानसिक अवस्था कमजोर रहेको भनि गरिएको पुष्टी पछि अमेरिकी राष्ट्रपति ट्रम्प रुष्ट भएका छन् ।

उनले इरानको प्रतिक्रिया अपमानजनक रहेको बताएका छन् । इरानको प्रतिक्रियाले त्यहाँका नेताले परिस्थितिको गाम्भीर्यता नबुझेको प्रष्ट हुने ट्रम्पले ट्वीटमा उल्लेख गरेका छन् ।अमेरिकाले नयाँ प्रतिबन्ध अमेरिकी ड्रोन खसालेको प्रतिफल रहेको बताएको छ । इरानको सम्पूर्ण गतिविधिका लागि अन्ततः सर्वोच्च नेता खामेनी नै जिम्मेवार हुने भएकाले उनलाई निशाना बनाएर प्रतिबन्ध लगाएको अमेरिकाले बताएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);