एक नेपाली सहित ७ जनाको हत्या गर्ने सैनिकलाई आजिवन कारावास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एक नेपाली सहित ७ जनाको हत्या गर्ने सैनिकलाई आजिवन कारावास

एजेन्सी, १० असार । एक नेपाली सहित ७ जनाको हत्या गरेको आरोपमा ग्रिस मूलका साइप्रस सेनाका एक क्याप्टेनलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।

घरेलु कामदारका रुपमा साइप्रस पुगेकी नेपाली महिला अस्मिता खड्का विष्ट, एक रोमानिया, तीन फिलिपिनो गरी ५ जना विदेशी महिला र दुई बालबालिकाहरुलाई निकोस मेटाक्सास नाम गरेका ती सैन्य अधिकृतले नियतवस हत्या गरेको अदालतले ठहर गरेको छ ।

मारिने सबै घरेलु कामदारका रुपमा साइप्रस पुगेको र हत्या भएका बालबालिकाहरु पनि मारिने महिलाहरुकै सन्तान भएको बताइएको छ । ३५ वर्षीय ती सैन्य अधिकारीले सन् २०१६ देखि २०१८ को अगस्टमा ती महिला र बालबालिकाको हत्या गरेका थिए।

शृंखलाबद्ध हत्याले सिंगो मेडिटेरानियन टापुलाई नै स्तब्ध बनाएको थियो। मेटाक्यासलाई अदालतमा कडा सुरक्षाकाबीच उपस्थित गराइएको थियो। उनलाई हत्या र अपहरणको मुद्दा चलाइएको थियो। ती सैन्य अधिकारीले अदालत सामू आफूमाथि लागेको सबै आरोप स्वीकार गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

ती आरोपितले अदालतमा आफूले किन उक्त कार्य गरेको भन्नेबारे आफूलाई नै थाहा नभएको बताउँदै आफूले घृणित काम गरेको स्वीकारेका थिए । साइप्रसको न्याय इतिहासमा कुनै एक व्यक्तिलाई यतिधेरै सजाय सुनाइएको यो पहिलो पटक हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);