म्यानमारमा २८ हिन्दूको शव फेला, मुसलमानले मारेको आरोप | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०७९, शुक्रबार

एजेन्सी, ९ असोज । म्यानमार सैनिकले आइतबार २८ जना हिन्दु धर्मालम्बीको शव फेला पारेको छ । म्यानमार सरकारका अनुसार उक्त शव रोहिंग्या मुस्लिमका लडाकुहरुले हत्या गरेर गाडेको दाबी गरेको छ ।

म्यानमारका राखिने प्रान्तमा २८ जनाको शव सामुहिक चिहान बनाइ गाडेको अवस्थामा भेटिएको थियो । सरकारका अनुसार २८ वटा शवमध्य २० वटा महिला र ८ वटा बच्चाका छन् ।

म्यानमार सरकारले रोहिंग्या मुसलमानले ८ हिन्दु महिलाहरुलाई इस्लाम धर्मको अनुयायी बन्न भनेको र नमानेपछि ती महिला सहित २८जनाको हत्या गरेको दाबी गरेको छ ।

रोहिंग्या लडाकु समुहले भने आफुले हत्या नगरेको बताएको छ ।